back to top
सोमबार, २०८२ माघ १२ गते

गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस अदालत जाने

गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस अदालत जाने

प्रकाशित:

काठमाडौँ– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा पक्ष आयोजना गरेको विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

देउवा नेतृत्व कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आईतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए ।

गगन थापा पक्षको विशेष महाधिवेशनबाट नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिक पार्टीको मान्यता दिएपछि देउवा नेतृत्व कांग्रेसका पक्षधर असन्तुष्ट बनेको छ ।

समयसीमा अपडेट