काठमाडौँ– गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न साँसदहरुले सरकारसँग माग गरेका छन ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । बिरोधपछि सभामुख डोलप्रसाद अर्यालले साँसदहरुलाई बोल्न समय दिएका थिए ।
साँसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरेकी थिइन । उनले हरियो
रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने बताईन । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण सरकारले बनाएको सांसद थापाको भनाई थियो ।
साँसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैया जरिवाना गराउनु गलत भएको र सोहि कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताईन । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराईन ।
साँसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरीन । साँसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने बताइन ।
साँसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनको भनाई थियो । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै दुख पाउन नागरिक बाध्य भएको साँसद शाहीको तर्क थियो ।

