नेपाल प्रीमियर लिग सिजन २ को लिग म्याचहरु आज सकिदै छन । प्ले अफमा पुग्ने टोलीहरुको भने यस अघि नै टुँगो लागि सकेको छ ।

अंक तालिकाको शिर्ष स्थानका क्रमशः सुदुरपश्चिम रोयल्स, विराटनगर किग्स, काठमाण्डौं गोर्खाज र लुम्बिनी लायन्स टोलीहरु प्ले अफ मा पुगेका छन् । अब पहिलो क्वालिफायरमा यहि २३ गते मंगलबार सुदुरपश्चिम र विराटनगर फाइनलमा स्थान बनाउनका लागि खेल्नेछन् । त्यसैगरी दोस्रो क्वालिफायरमा काठमाण्डौं र लुम्बिनी २४ गते बुधबार भिड्नेछन ।
एनपीएलको क्वालिफायरमा अंक तालिकाको पहिलो र दोस्रो स्थानका टोलीबीचको विजेता फाइनलमा पुग्ने र पराजित टोली तेस्रो र चौथो स्थानमा रहेका टोलीमध्ये विजेता सँग फेरि प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्दछ । अब सुदुरपश्चिम र विराटनगर बीचको पहिलो क्वालिफायरमा जित्ने टोली फाइनल प्रवेश गर्नेछ । त्यसैगरी दोस्रो क्वालिफायरमा काठमाण्डौ र लुम्बिनी मध्ये पराजित टोली बाहिरिनेछ भने विजेता टोलीले पहिलो क्वालिफायर को पराजित टोली सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अर्थात सुदुरपश्चिम र विराटनगरले फाइनल प्रवेशका लागि २ ओटा मौका पाउने छन भने काठमाण्डौ र लुम्बिनीले फाइनल पुग्न दुई टोलीलाई जित्नुपर्ने हुन्छ ।
लिग चरणका ६ खेलमा अपराजित रहेको सुदुरपश्चिमको यात्रामा ७औं खेलमा विराटनगरले पुर्णविराम लगाएको छ । शनिवार सम्पन्न भएको रोयल्स र किँग्सबीचको खेलमा किँग्सले फारकिलो जित सुनिश्चित गरेको थियो । टस जितेर किँग्सका कप्तान सन्दिप लामिछानेले फिल्डिङ रोजेका थिए । दिपेन्द्र ऐरी नेतृत्वको रोयल्सले ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । उक्त सामान्य लक्ष्य किँग्सले १२ ओभरमै पुरा गरी ६ विकेटको फराकिलो जीत निकालेर अंक तालिकाको तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ ।

शनिवार रोयल्सले आफ्ना केहि मुख्य खेलाडिहरुलाई विश्राम दिएको थियो । फाम डुप्लेसी, मार्टिन गुप्टील, हेजलेट, डि लँगा जस्ता स्टार विदेशी खेलाडिहरुले स्पष्ट रुपमा १३ ओभरमै खेल जितेर अंक तालिकामा उक्लिने मौकाको सदुपयोग गरे । उसो त किँग्स ले आक्रामक शैलीमा खेल्दा हुन सक्ने पराजयले टोलीको प्लेअफ स्थानमा कुनै फरक नपर्ने स्थितिको पनि भरपुर फाइदा उठाएको डुप्लेसीले म्याच पछि पत्रकारहरुसँग भनेका थिए ।
प्रतियोगिताको शुरुदेखि नै बलियो देखिएको सुदुरपश्चिम र विराटनगरबीचको प्रतिस्पर्धा क्रिकेटप्रेमीहरुको पर्खाइमा थियो । पहिलो भेटमा रोयल्समाथि हावी भएको किँग्सलाई क्वालिफायरमा भने फेरि सुदुरसँगै भिड्नुपर्नेछ । अबको खेलमा सुदुरपश्चिमले पनि आफ्ना स्टार विदेशी खेलाडिहरु क्रिस लिन, स्कट कुग्लिन, जोश ब्राउन, हरिमत सिँह सँगै दिपेन्द्र ऐरी, विनोद भण्डारी, हेमन्त धामी लाई उतार्ने देखिन्छ । किँग्स सँग पराजित भएपछि अर्को प्रतिस्पर्धामा फेरि किग्स सँग खेल्दा समर्थक र खेलाडिहरुको मनोबलमा फरक पर्न सक्छ । त्यसैगरी किँग्सलाई पनि शनिवारको प्रतिष्पर्धामा जस्तो पराजित भएपनि फरक नपर्ने सुविधा नभएको र रोयल्सका विश्राम गरिएका केहि मुख्य खेलाडिहरुको आगमनले दबाद सिर्जना गर्नेछ । एनपीएलका उत्कृष्ट दुई टोलीको खेल अझ रोमाञ्चक हुने देखिएको छ ।
पहिलो सिजनको विजेता जनकपुर बोल्टस अंक तालिकाको पुछारमा छ भने क्रमस माथि रहेका कर्णाली याक्स, चितवन राइनोज र पोखरा अभेन्जर्स लिग चरणबाटै बाहिरिएका छन् । सीजन २ मा विदेशी स्टार खोलाडिहरुको संख्या बढेको छ भने प्रख्यात कमेन्टेटर थपिएका छन । फ्लड लाईटमा समेत खेल भैरहेको टी यु क्रिकेट स्टेडियम मन मोहक देखिएको छ ।


