back to top
शुक्रबार, २०८२ फाल्गुन २२ गते

पवनदुत यातायात प्रालिको अध्यक्षमा निराजन थापा चयन

थापा नेतृत्वको नयाँ निर्वाचित समितिले पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालीलाई प्रदेश तथा राष्ट्रिय स्तरमा उदाहरणीय संस्था बनाउने अपेक्षा गरिएको छ ।

पवनदुत यातायात प्रालिको अध्यक्षमा निराजन थापा चयन

थापा नेतृत्वको नयाँ निर्वाचित समितिले पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालीलाई प्रदेश तथा राष्ट्रिय स्तरमा उदाहरणीय संस्था बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित:

महेन्द्रनगर– पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालिको अध्यक्षमा निराजन थापा सर्वसम्मत चयन भएका छन ।

शुक्रवार भएको प्रालिको वार्षिक साधारण सभाले थापालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । प्रालिको संचालक सदस्यहरूमा चित्र बहदुर सिंह, कर्म बहादुर सिंह, गणेश बहादुर सिंह, बिरेन्द्र बहादुर शाह र पुस्पराज जोशी निर्वाचित भएका छन् ।

सरकारले यातायात समितिहरु खारेजी गरेपछि २०७४ सालमा पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालि स्थापना भएको थियो । नेपालकै अग्रणी यातायात व्यवस्थापन कम्पनीहरू मध्ये पवनदुत पनि एक हो ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको प्रारम्भिक चरणदेखि नै नीतिगत निर्णयदेखि व्यवस्थापन सुधारसम्मको जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै थापालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको प्रालिमा आवद्ध सदस्यले बताएका छन् ।

निर्बतमान अध्यक्ष कृष्णदेव पन्त सहितको सन्चालक समितिले थापाको नेतृत्वमा संस्था अझ गतिशील र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ । पन्तले आफ्नो कार्यकालमा थापाको सक्रियता र योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको सेवालाई अझ व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन ठोस योजना अघि सार्ने प्रतिबद्धता जनाए छन् । उनले चालक र सवारीधनीबीचको पारस्परिक सहकार्य, डिजिटल प्रणालीको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए ।

अन्य यातायात व्यवसायिक संस्थाहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै पवनदुत यातायातलाई अग्रणी र उदाहरणीय संस्था बनाउने नवनिर्वाचित अध्यक्ष थापाले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

समयसीमा अपडेट