back to top
शनिबार, २०८२ आश्विन ११ गते

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ उपन्यास आउँदै

पूर्वप्रधानमन्त्री चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ उपन्यास आउँदै

पूर्वप्रधानमन्त्री चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित:

काठमाडौँ– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ प्रकाशन हुने भएको छ ।

मदन पुरस्कार विजेतासमेत रहेका चन्दको उपन्यास सामाजिक कथावस्तुमा रचिएको छ । भाद्र २० गते विमोचनको तयारी गरिएको कृति १ सय ४४ पेजको रहेको छ । उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ । 

नेपाली साहित्य क्षेत्रलाई दर्जनौँ कृती दिएका चन्दको यसअघि कथा, नाटक, र उपन्याससंग्रह प्रकाशित भएका छन् । चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । 

चन्दका अपराजिता, बार्हौं खेलाडी , रात्रीभोज,  हिउँको तन्ना , नेताको साथी जस्ता चर्चित पुस्तक प्रकाशित छन् ।

बदलिँदो समयचक्र उपन्यास संवद्र्धन पब्लिकेसनले प्रकाशन गरेको हो ।

समयसीमा अपडेट