back to top
शनिबार, २०८२ आश्विन ११ गते

निर्माण ब्यवसायी संघको नेतृत्वका लागि भट्ट र अवस्थी चुनावी मैदानमा, कसले मार्ला बाजी !

निर्माण ब्यवसायी संघको नेतृत्वका लागि भट्ट र अवस्थी चुनावी मैदानमा, कसले मार्ला बाजी !

प्रकाशित:

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि निरञ्जन प्रसाद भट्ट र पुष्पराज अवस्थी चुनावी मैदानमा देखीएका छन् ।

संघको भदौ २१ गते हुने १५औं जिल्ला अधिबेशनबाट चयन हुने नयाँ कार्यसमितिको नेतृत्वका लागि वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन ।

१४ औं अधिवेशनमा पनि भट्ट र अवस्थीबीच कडा प्रतिस्पर्धा भएका थियो । गत निर्वाचनमा संघका पूर्व अध्यक्षहरुको साथ पाएका वर्तमान अध्यक्ष भट्टले फेरी नेतृत्वमा दोहोरिने चाहना राख्दै गर्दा, अवस्थी अघिल्लो निर्वाचनमा हारको बदला लिने दाउमा अघि बढेका छन् ।

भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरि सकेका छन् । अध्यक्षका अर्का उम्मेदवार अवस्थीले अझै प्यानल घोषणा गरेका छैनन् । उनी प्यानल घोषणलाई थाती राखी मतदाताको घरदैलोमा छन ।

भट्ट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देब बहादुर चन्द उम्मेदवार छन् । उनी बर्तमान उपाध्यक्ष हुन् । उनका प्रतिस्पर्धिका रुपमा अवस्थी प्यानलबाट अमर बहादुर बम छन् ।

१४ औं अधिवेशनबाट भट्ट प्यानलका वरिष्ठ उपाध्यक्ष निर्वाचित राजेन्द्र बहादुर चन्द चुनावी मैदान बाहिर छन् । उपाध्यक्षमा दिपक भट्ट र यज्ञराज बैज चुनावी मैदानमा छन् । १४ औं अधिवेशनमा भट्ट निरञ्जन प्रसाद भट्ट र बैज अवस्थी प्यानलबाट निर्वाचित भएका हुन् । उनीहरु साविक प्यालनबाटै उपाध्यक्षमा प्रतिस्पर्धी छन् ।

१४ औं अधिवेशनमा अवस्थी प्यानलबाट सह कोषाध्यक्ष बनेका तेज बहादुर चन्द अहिले भट्ट प्यानलबाट कोषाध्यक्षका उमेदवार बनेका छन ।

संघको महासचिव योगेन्द्र ठकुराठी पनि दोहोरिने गरी चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धि अवस्थी प्यानलबाट देबीदत्त भट्ट चुनाव लड्ने भएका छन् ।

भट्ट प्यानलबाट सचिवमा बृजकिशोर चन्द र अवस्थी प्यानलबाट गोरसिह ऐर चुनावी मैदानमा छन् । चन्द संघको वर्तमान कार्य समिति सदस्य हुन् । १४ अधिवेशनबाट उनी मनोनित सदस्य हुन् । ऐर संघको पूर्व सदस्य हुन् ।

सह कोषाध्यक्षमा हेम बहादुर महरा भट्ट प्यानलबाट उम्मेदवार बन्ने भएका छन् । अवस्थी प्यानलबाट चित्र बहादुर कार्की चुनावी मैदानमा छन् ।

संघको वर्तमान समितिका पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष चन्द र सचिव सूर्य बहादुर चन्द बाहेक अन्य सबै पदाधिकारी चुनावी मैदानमा देखीएका छन ।

१४ औं अधिवेशनमा सूर्य बहादुर चन्द अवस्थी प्यानलबाट सचिव निर्वाचित भएका थिए । उनले अहिले सचिवका उमेदवार युवा उद्योगी बृजकिशोर चन्दलाई सघाउने बताउँदै आएका छन ।

संघको १३ औं अधिवेशनमा एकै प्यानलबाट चुनाव लडेका भट्ट र अवस्थी १४ औं बाट आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा आएका हुन् ।

१५ औं जिल्ला अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने तय भएको संघका महासचिव योगेन्द्र ठकुराठीले बताए ।

समयसीमा अपडेट