back to top
शनिबार, २०८२ आश्विन ११ गते

सुदूरपश्चिमको तराई भन्दा पहाडी जिल्लामा डेंगु संक्रमण बढी

सुदूरपश्चिमको तराई भन्दा पहाडी जिल्लामा डेंगु संक्रमण बढी

प्रकाशित:

महेन्द्रनगर– पछिल्लो आठ महिनाको तथ्यांक अनुसार सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर भन्दा बढी डेंगु संक्रमण पहाडी जिल्लामा देखीएको छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कूल दुई सय ४८ जनामा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर ९७ जनामा संक्रमण पाईदा पहाडी सात जिल्लामा एक सय ५१ जनामा डेंगु संक्रमण देखीएको छ ।

निर्देशनालयका अनुसार यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना रहेका छन् ।

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएको निर्देशनालयले जनाएको छ ।

समयसीमा अपडेट