back to top
शनिबार, २०८२ आश्विन ११ गते

महेन्द्रनगरमा हुने नेपाल जेसीजको क्षेत्र घ सम्मेलन ‘देश दर्शन’ को अवसर

महेन्द्रनगरमा हुने नेपाल जेसीजको क्षेत्र घ सम्मेलन ‘देश दर्शन’ को अवसर

प्रकाशित:

महेन्द्रनगर– आगामी असोज पहिलोसाता महेन्द्रनगरमा नेपाल जेसीजको क्षेत्र घ सम्मेलन हुदैं छ । उक्त सम्मेलनको आतिथ्यता महेन्द्रनगर जेसीजले गर्दैछ ।

नेपाल जेसीजको क्षेत्र घ अन्र्तगत नारायणी पश्चिमका ५८ शाखा सम्मेलनमा समेटिने छन । करिब डेढ हजार बढी प्रतिनिधिलाई महेन्द्रनगर जेसीजले स्वागत गर्ने छ ।

उक्त सम्मेलनको तयारी अन्र्तगत बिभिन्न कार्याक्रम गरी जेसीज सप्ताह समेत मनाएको छ । गत श्रावण २७ गतेदेखी सुरु गरीएको जेसीज सप्ताह भदौ २ गते समापन गरीएको छ ।

सोमबार आयोजित जेसीज सप्ताह समापन कार्यक्रममा बोल्दै सन् १९९१ का अध्यक्ष चिताङ्ग थापाले– असोज ३ र ४ गते हुने क्षेत्र घ सम्मेलन देश दर्शनको अवसर भएको बताए ।

ठुलो संख्यामा प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने भएकाले ब्यवस्थापन चुनौति होला तर, नेपालको अन्तिम कुना चिनाउने अवसर पनि भएको पूर्व अध्क्षय थापाको भनाई थियो । सब्य र भब्य रुपमा सम्मेलन आयोजना सबै एकजुट भएर लाग्न उनले सझाव दिए ।

सोमबार जेसीज सप्ताह समापन कार्यक्रम मनतब्य रार्दै महेन्द्रनगर जेसीजका सन् १९९१ का अध्यक्ष चिताङ्ग थापा । तस्वीर– सौजन्य महेन्द्रनगर जेसीज

जेसीजले महेन्द्रनगरस्थित निर्माणाधि सिटीलाई सम्मेलन स्थल तोके छ । निकै प्रयासपछि यो सम्मेलन आयोजना गर्ने मौका महेन्द्रनगर जेसीजले पाएकाले सबैलाई समटेर तयारीमा लाग्नुपर्ने पूर्व अध्यक्ष प्रेमसिंह भाटले बताए । पारदर्शी भएर तयारीमा लाग्नु पर्ने उनको भनाई थियो ।

नेपाल जेसीज क्षेत्र घ सम्मेलन आयोजना गर्न पाउँनु महेन्द्रनगरबासीकै लागी गौरवको बिषय भएकाले सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको सम्मेलन निर्देशक कृष्णप्रसाद पाठकले बताए ।

दुई दिनसम्म चल्ले सम्मेलनको करिब एक करोड रुपैया खर्च अनुमान गरीएको छ । क्षेत्र घ सम्मेलन आयेजनाका लागि पूर्व अध्यक्षहरु र पदाधिकारीको नेतृत्वमा बिभिन्न समिति बनाइएका छन ।

जेसीज सप्ताह अन्र्तगत जेसीज मावि राजीपुरमा शैक्षिक सामाग्री वितरण, लक्ष्मी मावि बागफाँटामा हाजिरी जवाफ प्रतियोगिता, समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई भोजन खुवाउने लगायतका कार्यक्रम गरिएका थिए ।

जेसीज वर्ष २०१७ का अध्यक्ष पवनचन्द्र लेखकको प्रमुख आतिथ्य तथा महेन्द्रनगर जेसीज वर्ष २०२५ का अध्यक्ष राजेन्द्र प्रसाद अवस्थीको अध्यक्षतामा जेसीज सप्ताह समापन कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन महेन्द्रनगर जेसीज वर्ष २०२५ का महासचिव लक्ष्मणदत्त पन्तले गरेका थिए । समापन कार्यक्रम महेन्द्रनगर जेसीजका बोर्ड सदस्य लगायत संचारकर्मीको सहभागिता थियो ।

समयसीमा अपडेट