back to top
बुधबार, २०८२ श्रावण २८ गते

साफ महिला फुटबलः च्याम्पियन बन्ने दौडमा नेपाल र बङ्गलादेश

साफ महिला फुटबलः च्याम्पियन बन्ने दौडमा नेपाल र बङ्गलादेश

प्रकाशित:

महेन्द्रनगर– यहि जुलाई ११ देखि २१ सम्म बङ्गलादेशको राजधानी ढाकामा जारी दक्षिण एसियाको २० वर्ष मुनि महिला फुटबल च्याम्पियनसीपमा चार वटा देशको सहभागिता छ ।

जसमा आयोजक बङ्गलादेश सहित नेपाल, श्रीलंका र भुटान सहभागी छन । एक आपसमा हरेक टिमले दुई दुई खेल खेल्नु पर्ने नियम अनुरुप आ आफ्ना ६ खेलमध्ये ५ वटा खेल खेलिसक्दा नेपाल र बङ्गलादेश च्याम्पियन बन्ने दाउँमा पुगेका छन । अब यी दुई टोलीको अन्तिम भेटमा को च्यम्पियन बन्ने टुँगो लाग्नेछ । उक्त खेल सोमबार ११ गते बेलुकी बङ्गलादेशको ढाकामा हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले फेरि एकपटक भुटानलाई शुन्यका विरुद्ध आठ गोल अन्तरले हराउदै एकपक्षिय नतिजा निकाल्न सफल बन्यो । यो संगै उसले पाँचमध्ये चार खेलमा जित हात पारेको छ ।

अर्को खेलमा बङ्गलादेशले पनि श्रीलंकालाई शुन्यका विरुद्द पाँच गोल गर्दै आफ्नो अग्रता कायम राखेको छ । सबै टोलीको एक–एक खेल बाँकि हुँदा अंक तालिकामा बंगलादेश शिर्ष स्थानमा छ भने नेपालले बङ्गलादेशलाई पछ्याई रहेको छ । अब सोमबार नेपाल र बङ्गलादेशको अन्तिम भेट ले नै च्याम्पियनको छनौट गर्नेछ ।

यसअघिको बंगलादेशसँगको भेटमा नेपालले जुझारु प्रदर्शन गर्दै पहिलो हाफ मै २ गोलले पछि परेको अवस्थाबाट दोस्रो हाफको ७६औं मिनेटसम्म दुई दुई गोलको बराबरी अवस्थामा ल्याएको थियो । थपिएको ७ मिनेटको अन्तिम क्षणमा बँगलादेशले थप एक गोल गरेर नेपालविरुद्ध स्पष्ट नजिता निकाल्दै ३ अंक खोसेको थियो । हालको अंक तालिकामा बङ्गलादेश १५ अंक सहित र्शीष स्थानमा रहदा नेपाल १२, भुटान ३ र श्रीलँका अंक विहिन अवस्थामा छ ।

सोमबार दुई खेल हुनेछन, जसमा पहिलो खेलमा भुटान र श्रीलँका मैदानमा उत्रनेछन भने दोस्रो खेलमा नेपाल र बङ्गलादेश उपाधिका लागि प्रतिसपर्धा गर्ने छन ।

नेपालले बंगलादेशलाई हराएको खण्डमा नेपाल र आयोजक बङ्गलादेशको समान अंक हुनेछ । तर, गोल अन्तरमा नेपाल अघि रहदै च्याम्पियन बन्ने छ । पाँच खेल खेल्दा नेपालले ४ गोल मात्र खाएको छ । ३० गोल बिपक्षिको पोष्टमा हानेको छ । जस कारण नेपालसंग २६ गोलको ठुलो अन्तर छ । तर, जित निकाल्नु जरुरी छ । जहाँ बंगादेशले ४ गोल खाएर विपक्षीको पोष्टमा २४ गोल गरी गोलअन्तर मात्र २० को छ ।

प्रतियोगितामा हालसम्म उच्च गोलकर्ताको सुचिमा नेपालकी पुर्णिमा राई (१० गोल) र नेपालकै मिना देउवा (७ गोल) अग्र स्थानमा रहेका छन् ।

समयसीमा अपडेट