back to top
मंगलवार, २०८३ जेष्ठ १२ गते

धार्मिक परम्परा अनुसार नागको पूजाआराधना गरी देशैभर आज नाग पञ्चमी मनाईदै

धार्मिक परम्परा अनुसार नागको पूजाआराधना गरी देशैभर आज नाग पञ्चमी मनाईदै

प्रकाशित:

महेन्द्रनगर– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ । यस वर्षको नाग पूजा साउन १३ गते अर्थात् आज मङ्गलबार परेको छ ।

नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा पूजा गर्ने गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीरको विशेष पूजासहित घरको मुल ढोकामा टाँस्ने चलन छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने जनविश्वास छ ।

समयसीमा अपडेट