back to top
बिहीबार, २०८२ माघ १ गते

कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन प्रक्रिया भोलिदेखि, अध्यक्षमा दिनेश मल्लको नाम चर्चामा

कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन प्रक्रिया भोलिदेखि, अध्यक्षमा दिनेश मल्लको नाम चर्चामा

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुर उद्योग बाणिज्य संघको पुस १९ गते हुने १८ औं कार्यकारिणी समिति निर्वाचनका लागि मंगलबारदेखि निर्वाचन कार्यक्रम सुरु हुने भएको छ ।

संघले वरिष्ठ अधिवक्ता पूर्णबहादुर चन्दको नेतृत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम अघि बढाएको हो ।
निर्वाचन कार्यक्रम अनुसार मंगलबार प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्न लागिएको संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले बताए ।

निर्वाचन कार्यक्रम अनुसार पुस १२ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम तेकिएको छ । निर्वाचन घोषणापछि पदाधिकारी र सदस्यका आकाँक्षीहरु आन्तरिक तयारी लागेका छन् ।

वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल वाहेक संघको नेतृत्वका लागि अन्य आकाँक्षी देखिएका छैनन् ।
संघका बाणिज्य उपाध्यक्ष धर्मसिह रावल, पूर्व महासचिव दिपेन्द्र प्रकाश साउँद र तेजबहादुर चन्द वरिष्ठ उपाध्यक्षमा आकाँक्षी छन् । संघका सचिव राहुल भट्ट र पूर्व महासचिव बाशुदेव जोशी (बिनोद) महासचिवमा चुनाव लड्ने तयारीमा छन् । उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग दोहोरिने चाहनामा देखिएका छन् ।

कार्य समिति सदस्य बिशाल सोनाम र एनपी जोशी सचिवका आकाँक्षी छन् । संघका सदस्य प्रदिप पाल, मनोज भ¤ र पूर्व कार्यसमिति सदस्य सिद्धराज भट्टले कोषाध्यक्षमा चुनाव लड्ने तयारीमा जुटेका छन् ।

संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १, कार्य समिति सदस्य ७ र संस्थागत सदस्य १ छन् ।

निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका छ । संघमा दुई हजार एक सय २१ मतदाता छन् ।

समयसीमा अपडेट