back to top
शनिबार, २०८२ आश्विन ११ गते

कञ्चनपुरको गड्डाचौकी नाका ५ दिनपछि खुल्यो

कञ्चनपुरको गड्डाचौकी नाका ५ दिनपछि खुल्यो

प्रकाशित:

महेन्द्रनगर– जेन–जीको आन्दोलनपछि भारतले सुदूरपश्चिमका सीमानाका भएर नेपालीलाई भारत प्रवेशमा लगाएको निषेध हटाएको छ ।

कञ्चनपुरको गड्डाचौकी, ब्रहमदेव र कैलालीको गौंरीफन्टा नाका भएर भारत जाने नेपालीलाई गत बुधबारदेखी लगाएको निषेध आज आईतबार बिहान १० बजेबाट खुल्ला गरिएको हो ।

गत भदौ २३ र २४ गते नेपालमा भएको जेन–जीको आन्दोलनपछि भारतबाट फर्किने नागरिकलाई भारतीय पक्षले नेपाली परिचयपत्र अनिवार्य गरिएको थियो । त्यस्तै, भारतीय आधार कार्ड लगायतका कागजपत्र नभएका ब्यक्तिलाई भारत जान रोक लगाइएको थियो । भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्ना नागरिकलाई समेत उक्त समयमा नेपाल आउँन दिएको थिएन ।

भारतले नाकामा आवागमन सहज बनाएपछि आईतबार गड्डाचौकी नाकामा देखिएको चहलपहल । तस्वीर– पुष्कर भट्ट

जेन–जीको आन्दोलनपछि उत्पन्न सुरक्षा ब्यवस्था अहिले सामान्य बन्दै गएकाले नेपाल–भारत सिमानाकामा आवागमन सहज बनाएको सारदा ब्यारेजस्थित भारतीय सुरक्षाकर्मीले बताएका छन ।

रोजगारी र स्वास्थ्य उपचार लगायतका कामका लागि गड्डाचौकी, ब्रहमदेव र कैलालीको गौंरीफन्टा सहित पश्चिमी नाका भएर भारत जाने नेपालीलाई सामान्य सोधपुछ र परिचय पत्रका आधारमा आवतजावत दिएसंगै सीमानाकामा चहलपहल बढ्ेको छ ।

समयसीमा अपडेट