back to top
शनिबार, २०८२ आश्विन ११ गते

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राती कफ्र्यु कायमै

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राती कफ्र्यु कायमै

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरमा गत मंगलबारदेखी जारी गरिएको निषेधाज्ञा र कफ्र्यु केहि खुकुलो पारिए पनि अर्को आदेश नहुँन्जेलसम्मका लागि कायमै रहेको छ ।

जनजिवन सहज बनाउँदै जाने उदेश्यकका साथ बिहान १० बजेसम्मका लागि निषेधाज्ञा केहि खुकुलो बनाएपनि पूर्वरुपमा नहटेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

तस्वीर– समयसीमा

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार निषेधाज्ञा र कफ्र्यु नहटेको र सुरक्षित रुपमा क्रमस जनजिवन सामान्य बनाउँदै लैजाने बताए । ‘जेनजी आन्दोलन उग्र बन्दा लगाएको निषेधाज्ञा र कफ्र्यु अहिलै हटाउन सकिने अवश्था छैन ।’ उनले भने ‘सम्भावित सुरक्षा चुनौति छ, त्यसका कारण निषेधाज्ञा र कफ्र्यु जारी राखेका छौ ।’

तस्वीर– समयसीमा

राष्ट्रपतिले संसद विगटन गरी नयाँ प्रधानमन्त्री नियुक्त गरेसंगै जेनजी आन्दोलनका कारण देशभरका अधिकांस जिल्लामा लगाईएको निषेधाज्ञा र कफ्र्यु बिस्तारै हटाउँदै लगिएको छ । सुरक्षाका हिसावले सम्बेदनशिल रहेका जिल्लामा अहिले पनि निषेधाज्ञा र कफ्र्यु केहि खुकुलो पारिएपनि पूर्ण रुपमा हटाइएको छैन ।

तस्वीर– समयसीमा

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सुरक्षा चुनौती कायमै रहेका कारण बिहान ६ बजेदेखी साँझ ७ बजेसम्म निषेधाज्ञा र राती कफ्र्यु शनिबार पनि जारी रहेको बताए । बिहान ७ देखी १० बजेसम्म र बेलुका ५ देखी ७ बजेसम्म आवश्यक कामका लागि आवतजावत गर्न समय तोकिएको छ ।

समयसीमा अपडेट