back to top
शनिबार, २०८२ आश्विन ११ गते

रास्वपा कञ्चनपुरका सभापति बिष्टले छाडे पार्टी

रास्वपा कञ्चनपुरका सभापति बिष्टले छाडे पार्टी

प्रकाशित:

महेन्द्रनगर– राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका सभापति पदम बिष्टले पार्टी छाडेका छन् । तीन बर्षदेखि रास्वपाको नेतृत्वमा रहेका बिष्टले जेन–जी आन्दोलनले नयाँ राजनीतिक परिवेश बनाएपछि साधारण सदस्य समेत नरहेन गरी पार्टी छाडेका हुन् ।

बिहिबार बिष्टले विज्ञप्ति जारी गर्दै पार्टी छाडेका घोषणा गरेका हुन । ‘म यो निष्कर्षमा पुगेको छु कि, भ्रष्टाचार, दण्डहीनता र वैमनस्यताको जरा हामी आफैमा छन्, ‘विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबैले आफूलाई भित्रैबाट सुधार्न सुरु गरे भने समाज आफै सुधारिन्छ ।’

‘म नागरिकको जिम्मेवारीका साथ समाज र राष्ट्रका लागि सकेको योगदान दिने प्रतिबद्धता गर्दछु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

सभापति भएर पनि विष्टले समाजिक संजाल मार्फत रास्वपालाई पटक–पटक खबरदारी गर्दै आएका थिए । बिष्ट एमाले छाडेर रास्वपा सभापति भएका थिए ।

समयसीमा अपडेट