महेन्द्रनगर– जेन–जीको आन्दोलनपछि भारतले सुदूरपश्चिमका सीमानाका भएर नेपालीलाई भारत जाँन रोकेको छ ।
कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौंरीफन्टा नाका भएर भारत जाने नेपालीलाई बुधबार बिहानदेखी भारतीय सुरक्षा बल एसएसबीले रोक्न थालेको हो ।
अहिले भारतबाट फर्किने नागरिकलाई भारतीय पक्षले नेपाली परिचयपत्र अनिवार्य गरिएको छ, भने भारततर्फ जानेका हकमा भारतीय आधार कार्ड लगायतका कागजपत्र माग्ने गरेको छ ।

रोजगारीका लागि भारतको नैनिताल जाँन बुधबार बिहानै गड्डाचौकी नाका पुगेका बर्दियाका धनप्रसाद आर्चाय आधार कार्ड नभएका कारण भारतीय सुरक्षाकर्मीले आफुलाई जान नदिएको बताए । ‘काम गर्न नैनिताल जान आएको, आधार कार्ड भएन नेपाली नागरिताले मानेन ।’ उनले भने, ‘आग्रह गर्दा, माथीको आदेश भनेर रोक्यो ।’
रोजगारीकै लागी भारत जान नाकामा पुगेका दैलेखका जीतबहादुर ओड पनि आधार कार्ड नभएकै कारण भारत प्रवेश गर्न पाएनन । ‘नागरिताले मानेन आधार कार्ड नभए हुँदैन भन्दै रोके जान पाएनौ ।’ उनले भने,‘यसअधि नेपाली नागरिता देखाएरै जान पाएका थियौ, अहिले खै कीन रोक्यो ।’
छोराको एपेन्डिसाईडको अप्रेसनका लागि खटिमा जान लागेका कञ्चनपुरको भिमदत्त नगरपालिका १२ का हिरा सार्की उपचार गर्न भारत जानबाट रोकिए । उनलाई पनि माथीबाट आदेश भन्दै सुरक्षाकमीले रोकेको बताए ।

रोजगारीकासंगै स्वास्थ्य उपचार लागी पश्चिमी नाका भएर नेपालीहरु भारत जाने गर्दन् । प्रमुख नाका गड्डाचौकीसंगै ब्रहमदेव सहित कैलालीको गौरीफन्टा सिमानाकामा समेत अहिले कडाई गरिएको छ ।
नेपाल प्रहरीका अनुसार जेन–जी पुस्ताको समर्थनमा मंगलबार भएको आन्दोलनको मौका छोपेर कञ्चनपुर सहित सुदूरपश्चिमका ८ जिल्ला कारागारबाट १४ सय भन्दा बढी कैदीबन्दी भागेका छन ।
उनीहरूलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन भएका छन् । भारत भाग्न सक्ने आशंकामा नाकामा चेकजाँच बढाईएको छ । सीमानाकामा चेकजाँचमा कडाई गरेपछि भारतबाट फर्किने र भारत जाने सर्वसाधारणले भने सास्ति खेप्नुपरेको छ ।

नेपालमा निषेधाज्ञा र कफ्र्यू लागेका कारण भारतबाट स्वदेश फर्केका नागरिक बढी समस्यामा परेका छन । यातायात, बजार सबै बन्द छ । सदरमुकाम महेन्द्रनगर लगायत मुख्य बजार क्षेत्रमा नेपाली सेना परिचालन भएकाले शहरी क्षेत्र सुनसान छन् ।