back to top
शनिबार, २०८२ आश्विन ११ गते

पोखरामा लखन थापाको शालिक ढालियो, पृथ्वीनारायण शाहको प्रतिमा राखियो

पोखरामा लखन थापाको शालिक ढालियो, पृथ्वीनारायण शाहको प्रतिमा राखियो

प्रकाशित:

काठमाडौं– जेनजी आन्दोलनको मेसो पारेर पू्र्वराजा समर्थितले पोखराको पृथ्वीचोकको सहिद लखन थापाको शालिक ढालेका छन् ।

उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो ।

दोस्रो जनआन्दोलनमा यहाँको पृथ्वीनारायणको शालिक ढालिएको थियो । गणतन्त्र आगपछि सहिद लखन थापाको शालिक राख्दै शहिद चोक नामाकरण गरिएको थियो ।

पछि पनि पटक पटक यहाँ कसको शालिक राख्ने भन्ने चलिरहन्थ्यो ।

अहिले जेनजी आन्दोलनको मौका छोपेर शहिद लखन थापाको शालिक ढालेर पृथ्वीनारायणको प्रतिमा राखिएको छ ।

समयसीमा अपडेट