महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले निर्माण ब्यवसायीका कारण पूर्वाधार बिकास निर्माणमा राज्यको आर्थिक ‘अपब्य’ अनावश्यक खर्च बढेको बताएका छन ।
शुक्रबार नेपाल निर्माण ब्यवसायी संघ कञ्चनपुरको २८ औं साधारण सभा तथा १५ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले गुणस्तरहिन र समयमै काम नसक्ने निर्माण ब्यवसायीका कारण आर्थिक अपब्य बढेको बताएका हुन ।
गृहमन्त्री लेखकले दश बर्षअघि आफु भौतिक पूर्वाधार मन्त्री हुँदाको अनुभव सुनाउँदै उनले भने ‘पूर्वाधार निर्माणमा ब्यवसायीका मुख्य गरी दुई समस्या छन, समयमा काम सम्पन्न नगर्ने अर्को गुणस्तर पनि नहुने, जसका कारण राज्यको ठुलो रकम अपब्य भएको छ ।’
भौतिक पूर्वाधार बिकास निर्माणका कामहरु गुणस्तर र समयमा सम्पन्न नगर्ने ब्यवसायीका पक्षमा सरकार कहिलै नरहेको गृहमन्त्री लेखकले प्रस्ट पारे ।
लामो समय निर्माण ब्यवसायी संघ कञ्चनपुरको कानूनी सल्लाहकार समेत बसेका गृहमन्त्री लेखकले निर्माण ब्यवसायसंग सम्वद्ध सस्थाहरुले आफ्नो क्षमता अभिबृद्धि गर्न जरुरी भएको बताए । समयमा काम नगर्दा अहिले धेरै योजनाको मुल्यबृद्धि भएर अधुँरा छन । उनले भने ‘एउटै योजनाको २ सय देखि ३ सय प्रतिसतसम्म मुल्यअबृद्धि भईसकेको छ, तर काम अझै सकिएको छैन ।’
निर्माण ब्यवसायीले मात्र नभई सरकारले पनि राष्टिय निर्माण क्षमता बृद्धि गर्न आवश्क रहेको गृहमन्त्री लेखकले औल्याए । ‘योजना समयमा सम्पन्न नहुँनुमा सरकारको पनि उत्तीकै दोस छ,’ उनले भने ‘सरकारले ठेण्डर आवहान गर्ने तर, समयमा रकम भुक्तानी नगर्ने जसले गर्दा योजना अधुँरा र लागत बढेको अवश्था छ ।’
गृहमन्त्री लेखकले छिट्टै सार्वजनिक खरिद ऐन र निर्माण ब्यवसायी सम्बन्धि कानून संशोधन गरीने बताए ।