महेन्द्रनगर– बर्षायाम सुरु भएसंगै नदी, खोला खहरेमा आउने बाढीले रुख, बोटबिरुवा दाउँरा सहित बिभिन्न नदीजन्य प्रर्दाथ बगाएर ल्याउँछ ।
यसै बेला तटिय क्षेत्रमा बस्ने स्थानीय नदी किनारमा झुम्मेका देखिन्छन । नदी, खोला खहरेले बगाएर ल्याउने दाउँरा बटुल्न ज्यानै जोखिममा पार्छन । यसरी जोखिम मोलेर दाउँरा संकलन गर्नेको अहिले महाकाली नदीमा घुईचो नै लाग्ने गरेको छ ।
खाना पकाउन दाउँरामा निर्भर बासिन्दा बर्षभरीका लागि दाउँरा संकलन गर्ने यही समय हो । ज्यानकै प्रवाह नगरी बाढीमा आएका दाउँरा संकलन गर्ने क्रममा नदीले बगाएका धेरै घट्ना पनि भएका छन ।

चार दिनदेखि लगातार भईरहेको बर्षासंगै महाकाली नदीमा पानीको बहाव निकै बढेको छ । तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्कता अपनाउन सरकारी निकायले आग्रह गर्दै आएको छ । तर, पनि जोखिमको बेवास्था गरी बालबालिका, युवायुवती, बृद्धबृद्धा सबै दाउँराको जोहोका लागि नदी किनार पुग्ने गरेका छन ।
यसरी दाउँरा संकलन गर्न गएका स्थानीयलाई सचेत गर्दै भीमदत्त नगरपालीकाको टोली मंगलबार महाकालीमै पुग्यो । भीमदत्तका प्रवक्ता पदमराज अवश्थी सहित नगरप्रहरीको टोलीले माईक्रिंग गर्दै यसरी बाढीका बेला नदीमा नजान आग्रह गरेको भिडियो समाजीक सञ्जालमा छाएको छ ।
