back to top
आईतवार, २०८२ आश्विन १२ गते

स्वमूल्यांकन नतिजाः बैतडीको मेलौली प्रदेशको सबैभन्दा कमजोर स्थानीय तह

स्वमूल्यांकन नतिजाः बैतडीको मेलौली प्रदेशको सबैभन्दा कमजोर स्थानीय तह

प्रकाशित:

महेन्द्रनगर– आर्थिक वर्ष २०८०–८१ मा सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादन परीक्षणपछि सुदूरपश्चिमको पनि नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी नगरपालिकाले ८५.५० अङ्क प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट बनेको छ ।

बैतडीको मेलौली नगरपालिका भने जम्मा ३१.२५ अङ्कका साथ प्रदेशको सबैभन्दा कमजोर स्थानीय तह बनेको छ ।

मन्त्रालयले शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत १० वटा मुख्य सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरेको हो ।

कुन जिल्लामा को उत्कृष्ट, को कमजोर ?

कैलाली—घोडाघोडी नगरपालिका (८५.५०) पहिलो हुँदा मोहन्याल गाउँपालिका (५५.५०) पुछारमा छ ।

कञ्चनपुर— बेदकोट नगरपालिका (८३.२५) पहिलो र दोधारा चाँदनी नगरपालिका (७१.५०) अन्तिममा छ ।

बाजुरा—बुढीगंगा नगरपालिका (८४.२५) पहिलो र बुढीनन्दा नगरपालिका (६१.७५) अन्तिममा छ ।

बैतडी—पुर्चौंडी नगरपालिका (७७.२५) पहिलो र मेलौली नगरपालिका (३१.२५) अन्तिममा छ ।

अछाम—पंचदेवल विनायक नगरपालिका (७७.५०) पहिलो र ढकारी गाउँपालिका (४३.७५) अन्तिममा छ ।

डडेल्धुरा—अजयमेरु गाउँपालिका (८३.२५) पहिलो र नवदुर्गा गाउँपालिका (७३.२५) अन्तिममा छ ।

डोटी—जोरायल गाउँपालिका (८२.२५) पहिलो र पुर्विचौकी गाउँपालिका (५८.७५) अन्तिममा छ ।

दार्चुला—शैल्यशिखर नगरपालिका (८१) पहिलो र लेकम गाउँपालिका (६१.७५) अन्तिममा छ।

बझाङ—केदारस्युँ गाउँपालिका (७९.७५) पहिलो र सुर्मा गाउँपालिका (६२) अन्तिममा छ ।

समयसीमा अपडेट