back to top
शनिबार, २०८२ आश्विन ११ गते

लयमा सोमपाल, अस्ट्रेलियामा जारी टप एण्ड टी– २० सिरिजमा नेपालको दोस्रो जित

लयमा सोमपाल, अस्ट्रेलियामा जारी टप एण्ड टी– २० सिरिजमा नेपालको दोस्रो जित

प्रकाशित:

महेन्द्रनगर– नेपालले सिरिज अन्तर्गत आज आफनो पाँचौ खेलमा दोस्रो जित निकालेको छ । बुधबार डार्विनको पाल्मेस्र्टोनमा काजालिस ऐरेनमा भएको खेलमा नेपालले मेलबर्न रेनेगाड्र्सलाई ३३ रनले हराएको छ ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछाएको मेलर्बनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १ सय ६ रन मात्र बनाउन सक्यो ।

मेलर्बनका लागि अर्जुन नैरले सर्वाधिक २६ रन बनाए । जे लेमियरले १८ रन जोडे । नेपालका तिब्र गतिका बलर सोमपाल कामी लयमा देखिए । उनले ४ ओभरमा १७ रनमा मात्रै खर्चेर ५ विकेट लिए । सोमपालले एक खेलाडी रन आउट पनि गरे ।

कुशल भुर्तेलले २ विकेट लिए । त्यस्तै, शहाब आलम र रुपेश सिंहले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल्ल मल्लले सर्वाधिक २९ रन बनाए । मल्लले १ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका ओपनर कुशल भुर्तेल १ रन बनाउँदा भिम सार्कीले १९ रन बनाए । आरिफ शेख १२, दिपेन्द्र सिंह ऐरि २७, गुल्शन झा २ र लोकेश बम २४ रन बनाएर आउट भए । नन्दन यादव १ रन तथा रुपेश सिंह १६ रन बनाउँदै नटआउट रहे ।

मेलर्बनका लागि र्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २–२ विकेट लिएका थिए ।

नेपालले खेलेको पाँच वटा खेलमा तीनमा हार र दुईमा जित हासिल गरेको छ ।
बुधबारको खेलमा कप्तानी दिपेन्द्र ऐरीले गरेका थिए । रोहित, सन्दिप र आसिफ खेलेका थिएनन ।

समयसीमा अपडेट