back to top
शनिबार, २०८२ आश्विन ११ गते

नन्दन र लोकेश चम्कीदा नेपालको पहिलो जित

नन्दन र लोकेश चम्कीदा नेपालको पहिलो जित

प्रकाशित:

महेन्द्रनगर– अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा लगातार तिन खेल हारेको नेपालले पहिलो जित निकालेको छ । मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारीत २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ८० रन बनायो । बलियो चुनौती पछ्याएको हरिकेन्स १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय १४ रनमा समेटियो ।

नेपालको जितमा नन्दन यादव नायक बने । उनले तीन ओभर बलिङ गर्दै १७ रन मात्रै खर्चेर पाँच विकेट लिए । कप्तान रोहित पौडेल, राजन ढकाल, सन्दिप लामिछाने र कुशल भ्रुतेलले समान एक–एक विकेट हात पारे ।

नेपालको स्पिन बलिङका सामु हरिकेन्सको ब्याटिङ चल्न सकेन । उसका लागि ब्रडली होपले सार्वधिक ३१ रन बनाए । पहिला ब्याटिङ गरेको नेपाल लागि प्रारम्भिक जोडिले ४९ रन जोड्यो । कुशल भ्रुतेलले ४ चौकाको सहयोगमा २७ रन बनाए । अर्का ओप्नर आषिफ शेखले २९ रन जोडे ।

भीम सार्कि होपको बलमा बोल्ड आउट भए उनले १८ रन बनाए । मध्यम क्रममा आएका आरिफ शेखले ३३ रनको पारी खेले । अन्तिममा बिस्फोट पारी खेलेका लोकेश बंमले ११ मात्र बलको सामना गर्दे महत्वपूर्ण २५ रन बनाएपछि टिम नेपाल मज्बुत अवश्थामा पुगेको थियो । उनी नट आउट रहे ।

नेपालले ३१ रन अतिरिक्त पाएको थियो । हरिकेन्सतर्फबाट निवेथन राधाकृष्ण र राफ म्याकमिलनले दुई–दुई विकेट लिए । प्लेर अफ दी म्याच नन्दन यादव भए । जारी सिरिजमा नेपालले अझै ३ खेल खेल्न बाकी छ ।

समयसीमा अपडेट