back to top
शनिबार, २०८२ आश्विन ११ गते

उपसभामुखविरुद्धको महाअभियोग भदौ १३ गते दर्ता गर्ने

उपसभामुखविरुद्धको महाअभियोग भदौ १३ गते दर्ता गर्ने

प्रकाशित:

काठमाडौं– उपसभामुख इन्दिरा रानामगरविरुद्धको महाअभियोग प्रस्ताव आज संसद सचिवालयमा दर्ता नहुने भएको छ।

उपसभामुख अमेरिकामा रहेकाले उनी नेपाल फर्किएपछि मात्र महाअभियोग प्रस्ताव दर्ता गरिने भएको कांग्रेसका एक नेताले बताए । उपसभामुख राना भदौ १३ गते स्वदेश फर्किने कार्यतालिका छ। सोही दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलले तयारी गरेका हुन् ।

उपसभामुख देशबाहिर रहेका बेला महाअभियोग प्रस्ताव दर्ता गर्दा हुने कानुनी जटिलता र नैतिक प्रश्नबाट पन्छिन सत्तारुढ दलले उपसभामुख स्वदेश फर्किने दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

भदौ १३ गते महाअभियोग प्रस्ताव दर्ता गरेर १९ गतेसम्म छिनोफानो गरिसक्ने सत्तारुढ दलको तयारी छ ।

महाअभियोगका लागि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेका छन् ।

समयसीमा अपडेट