back to top
बुधबार, २०८२ श्रावण २८ गते

रास्वपाका कञ्चनपुर जिल्ला सचिव पुर्पक्षका लागि कारागार चलान, श्रीमती सादा तारेखमा रिहा

रास्वपाका कञ्चनपुर जिल्ला सचिव पुर्पक्षका लागि कारागार चलान, श्रीमती सादा तारेखमा रिहा

प्रकाशित:

महेन्द्रनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कञ्चनपुर जिल्ला सचिव रामदत्त भट्ट पुर्पक्षका लागि कारगार चलान भएका छन् भने उनकी श्रीमती सादा तारेखमा छुटेकी छन् ।

साउन ३ गते शनिबार भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहनको जाहेरीमा सचिव भट्ट र उनकी श्रीमती अनुसन्धानका लागि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले भीमदत्त नगरपालिका–६ का वासिन्दा रामदत्त भट्टलाई शुक्रबार कञ्चनपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको र उनकी श्रीमतीलाई सादा तारेखमा रिहा गरेको बताए ।
भट्ट र उनकी श्रीमतीले ती महिलालाई आत्महत्या गर्न बाध्य बनाएको जाहेरी परेपछि दम्पत्तिलाई नियन्त्रणमा लिइएको थियो ।

पुर्पक्षका लागि कञ्चनपुर कारागारमा रहेका भट्टले २०८१ को उपनिर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका–६ को उपनिर्वाचन लडेका थिए ।

भट्टले मृतक महिलासँग अनैतिक सम्बन्ध बनाएको र त्यही समबन्धका कारण मृतकले विषादी सेवन गरेर आत्महत्या गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

समयसीमा अपडेट