back to top
बुधबार, २०८२ श्रावण २८ गते

एघार लाख बढीको बेवारिसे समान सहित दुई वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा

एघार लाख बढीको बेवारिसे समान सहित दुई वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरका बिभिन्न स्थानबाट भारतबाट ल्याएको साडे ११ लाख रुपैया भन्दा बढीको अवैध समान सहित दुई थान मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

भीमदत्त नगरपालिका–५ मा पर्ने सुकासाल, भीमदत्तकै ११ नम्बर वडाको चौकीसत्ता, बेदकोट नगरपालिका–६ स्थित कार्यालय अगाडी र बेलौरी नगरपालिका–१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका समान बरामद गरेको प्रहरीले जनाएको छ । चार वटै स्थानबाट बरामद गरिएको समानको मुल्य ११ लाख ९६ हजार रुपैया भन्दा बढीको रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नरिवल, छाता, सुर्ती, भाँडावर्तन, बिभिन्न किसिमका कपडा, किराना समान र दुई वटा मोटरसाइकल समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा उक्त समान फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

समयसीमा अपडेट