महेन्द्रनगर– कैलालीका दुई वटा पालिकाले भोलि मंगलवार सार्वजनिक विदा दिएका छन ।
थारु समुदायको गुरही पर्वको अवसरमा धनगढी उप– महानगरपालिका र कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएका हुन् । श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउदै आएका छन ।
यसलाई बालबालिकाको पर्वको रुपमा पनि लिइने गरिन्छ । गुरही पर्व मनाएमा बालबालिकालाई रोगव्याधी नलाग्ने, गाउँ घरमा कुनै दैवीय विपत्ति नआउने जनविश्वास रहि आएको छ ।
यो पर्वको अवसरमा दुवै पालिकाले आफु मातहतका कार्यालय, सरकारी कार्यालयहरु, शिक्षण संस्था, विभिन्न संघसंस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
