back to top
बुधबार, २०८२ श्रावण २८ गते

भारतका उपराष्ट्रपति जगदीप धनखडद्वारा राजीनामा

भारतका उपराष्ट्रपति जगदीप धनखडद्वारा राजीनामा

प्रकाशित:

नयाँ दिल्ली– भारतका उपराष्ट्रपति जगदीप धनखरले चिकित्सकको सल्लाह अनुसार आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने भन्दै पदबाट राजीनामा दिएका छन । उनले यस निर्णय मार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका छन ।

उपराष्ट्रपति धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गरि पठाएका हुन । स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उनले पत्रमा उल्लेख गरेका छन ।
उपराष्ट्रपति धनखरले राजीनामा पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीका साथसाथै मन्त्री परिषद्लाई पनि आफ्नो कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद भनेका छन ।

उपराष्ट्रपतिको रूपमा सन् २०२२ मा पदभार सम्हालेका धनखरको कार्यकाल सन् २०२५ सम्मको थियो । स्वास्थ्य अवश्थाका कारण अवधि पुरा नहुदै उनले पदबाट राजीनामा दिएका हुन ।

यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि उपराष्ट्रपति धनखरको योगदान अत्यन्त प्रेरणादायी र महत्त्वपूर्ण रहेको जनाएको छ । धनखरले आफ्नो कार्यकाल अवधिमा देशको संविधान र संसदीय प्रक्रियामा राम्रो ज्ञान र नेतृत्व देखाएको सचिवालयले जनाएको छ ।

धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ ।

समयसीमा अपडेट