महेन्द्रनगर– भारतको गुजरातस्थित विश्व प्रख्यात टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले उत्पादन गर्ने समान फेक्ट्री रेटमै काठमाण्डौ पनि पाइने भएको छ । काठमाण्डौस्थित बानेश्वरमा रहेको इन्द्रेणी भवनमा ब्यापारिक केन्द्र स्थापना गर्दै नेपालका लागि आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्राली ले अजमेरा फैशन ईन्डिया कम्पनीबाट उत्पादित कपडा श्रावण महिनाको सुरुवातसंगै बिक्रि थालेको हो । नेपालका लागि आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्राली का अनुसार ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान बिक्रि गरिरहेको जनाएको छ ।
मासिक दश लाख थान कपडा उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन । भारतमा १९९२ मा स्थापना भएको अजमेरा फैशन ईन्डिया गुजरातकै पहिलो नम्बरको कम्पनी हो । एक लाख भन्दा बढी बिक्रेता रहेको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार बिस्तार गरि सकेको छ । एक अर्ब भन्दा बढी ग्राहकको रोजाईमा आफ्नो उत्पादन परेको कम्पनीको दावी छ ।

नेपालमा ठुलो मात्रामा भारतमा उत्पादित सरसमानको खपत छ । तर, समान आयातमा उत्तीकै कठिनाई छ । सोहि कारण अजमेरा फेसनले नेपालका लागी ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्राली लाई आधिकारिक बिक्रेताको जिम्मा दिएको हो । ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्राली की अध्यक्ष प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन ।
नेपालको सबैभन्दा ठूलो प्रेफ्याब कम्पनी (पे्रफ्याब प्यानल नेपाल) र ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात), तथा जे बी अटोमोटिभ जस्ता ठुला कम्पनीहरू अध्यक्ष चन्दले कुसलता पूर्वक सञ्चालन गर्दै आएकी छन् । अब ब्लक बुल गार्मेन्ट ट्रेडिङ का माध्यमबाट नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहंगा लगायत पुरुष र बालबालिकाका लागि शर्टिङ, शुटिङ्घका सम्पूर्ण कपडा सस्तो दरमा उपलब्ध हुने छन् ।
उक्त सबै सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थलबाटै, कुनै पनि चोरी निकासी नगरी राजस्व तिरेर कानुनी रूपमा आयात गरिने कम्पनीको प्रतिबद्धता छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तल्लामा सम्पर्क कार्यालय सहित आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्राली मार्फत फेक्ट्रीकै दररेटमा केवल ढुवानी खर्च र भन्सार महसुल मात्र थप गरी गुणस्तरीय कपडा नेपाली ग्राहकको हातमा पु¥याउने अजमेरा फैशन ईन्डिया कम्पनीले जनाएको छ ।
ब्लक बुल गार्मेन्ट ट्रेडिङको यो कदमले नेपालमा गुणस्तरीय कपडाको व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्नुका साथै पारदर्शी व्यापार संस्कृतिको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त भारतीय कम्पनीलाई नेपाल भित्राउने पहल नेपाल पत्रकार महासंघकी सचिव सोनी शर्माले गरेकी हुन । शर्मा ब्लक बुलकी निर्देशक तथा कम्पनीकी सदस्य पनि हुन ।
अजमेरा फैशन ईन्डिया कम्पनीले जनसंपर्क तथा प्रचारप्रसारलाई थप सशक्त बनाउन प्रवक्ता तथा जनसंपर्क अधिकारीका रूपमा पत्रकार अमर बहादुर चन्दलाई जिम्मेवारी दिएको छ ।
–समयसीमा एडभर्टोरियल