back to top
बुधबार, २०८२ श्रावण २८ गते

पूर्व मुख्यमन्त्री रावलले गरे अनुसन्धान व्यवस्थापन इकाई उद्घाटन

पूर्व मुख्यमन्त्री रावलले गरे अनुसन्धान व्यवस्थापन इकाई उद्घाटन

प्रकाशित:

महेन्द्रनगर– सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसको शिक्षाशास्त्र विभाग अन्तर्गत स्थापना गरिएको अनुसन्धान व्यवस्थापन इकाई कार्यालयको उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त इकाईको बिहीबार गुरु पूर्णिमाको अवसर पारी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले उद्घाटन गरेका हुन ।

शिक्षा संकायको आइसीटी सहितको अनुसन्धान कक्षको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री रावलले इकाइको स्थापनाले परम्परागत शिक्षण पद्धतिलाई आधुनिक शैक्षिक प्रणालीसँग जोड्न पुलको काम गर्ने बताए । ‘निःसन्देह, यो स्थानीय अपेक्षालाई भूमण्डलीकृत, दूरदृष्टिसँग जोड्ने प्रयत्न हो,” उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाकाल देखिनै जोडिएको र यसको निर्माण र विकासको आफू एउटा सारथी भएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाको सहयोगमा अनुसन्धान इकाई स्थापना गरिएको शिक्षाशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख अर्जुन सिंह नेगीले जानकारी दिए । आइसीटी ल्याब स्थापनाका लागि बजेट बिनियोजनमा महत्वपूर्ण सहयोग गरेको भन्दै शिक्षाशास्त्र केन्द्रीय विभागले पूर्व मूख्यमन्त्री रावललाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गरेको छ ।

समयसीमा अपडेट