back to top
बुधबार, २०८२ श्रावण २८ गते

पुख्र्यौली जिल्ला बैतडीपछि गृहमन्त्री लेखक गृह जिल्ला आउँदै

गृहमन्त्री लेखकले संकटग्रस्त महाकाली तटिय क्षेत्र, सुख्खा बन्दरगाह र मझगाउ बिमानस्थल को स्थलगत निरीक्षण गर्ने ।

पुख्र्यौली जिल्ला बैतडीपछि गृहमन्त्री लेखक गृह जिल्ला आउँदै

गृहमन्त्री लेखकले संकटग्रस्त महाकाली तटिय क्षेत्र, सुख्खा बन्दरगाह र मझगाउ बिमानस्थल को स्थलगत निरीक्षण गर्ने ।

प्रकाशित:

महेन्द्रनगर । पुख्र्यौली जिल्ला बैतडीमा पूजापाठ सकेर गृहमन्त्री रमेश रमेश लेखक महेन्द्रनगर आउन लागेका छन् । उनी शनिबार राति महेन्द्रनगर पुग्न लागेको काँग्रेस कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले जानकारी दिए ।

गृहमन्त्री लेखक तीन दिन अघि पुख्र्याैली जिल्ला बैतडी गएका थिए । गृहमन्त्री भएपछि लेखक पहिलो पटक पुख्र्याैली जिल्ला गएका हुन् । बैतडीमा उनले राजनीतिक तथा प्रशासनिक भेटघाट समेत गरेका थिए । उनले बैतडीमा त्रिपूरा सन्दुरी, जगन्नाथ मन्दिर सहित प्रमुख शक्तिठिहरुमा पूजापाठ गरेका छन् ।

दशरथ चन्द नगरपालिकाको आइत गाउँ गृहमन्त्री लेखकको पुख्र्यौली जिल्ला हो । गृहमन्त्री कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद हुन् । काँग्रेस केन्द्रीय सदस्य लेखक २०७९ को निर्वाचनमा साँसद निर्वाचित भएका थिए ।

नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज सिह मुस्कानले गृहमन्त्री लेखकले आइतबार विहान दोधारा चाँदनीस्थित निर्माणाधिन सुख्खा बन्दरगाह र महाकाली नदीमा नेपाली सेनाले बनाएको गाइड बण्ड निरीक्षण गर्ने कार्यक्रम भएको जानकारी दिए ।

गृहमन्त्री लेखक आइतबार नै काठमाडौं फर्किने कार्यक्र छ ।

समयसीमा अपडेट