महेन्द्रनगर– सरकारले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
निर्वाचन आयोगले आईतबार गरेको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णयसंगै निर्वाचनका बेला एक साता बिदा हुने भएको हो ।
यसपाली फागुन १८ मा पहाड र १९ गते तराईको होलीको सार्वजनिक बिदा छ । त्यस्तै २३ गते शनिबार र २४ गतेका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै छ । यसरी निर्वाचनताका एक साता नै बिदा हुने भएको छ ।


