back to top
शनिबार, २०८२ माघ १० गते

को होला मतदानमा निर्णायक शक्ति ?

निर्वाचन सम्बन्धि तथ्याँकको विश्लेषण

को होला मतदानमा निर्णायक शक्ति ?

निर्वाचन सम्बन्धि तथ्याँकको विश्लेषण

प्रकाशित:

महेन्द्रनगर– आगामी फाल्गुन २१ मा निर्धारित संसदीय चुनावको मिति नजिकिदै गर्दा समयसीमा टीमले निर्वाचन सम्बन्धि तथ्याँकहरुको विश्लेषण गरेको छ । नेपालको पछिल्लो जनगणना, निर्वाचन आयोगको तथ्याँक, वैदेशिक रोजगारी र सामाजिक सञ्जाल प्रयोगकर्ताको तथ्याँकलाई आधार मानेर यहाँ विश्लेषण गरिएको हो । कुल १ करोड ८९ लाख भन्दा बढी मतदाताहरूमध्ये युवा पुस्ताको हिस्सा सबैभन्दा ठूलो देखिए तापनि ४४ वर्ष माथिको जनसंख्या मतदानमा उच्च उपस्थितिले गर्दा निर्णायक हुन सक्ने संकेत देखिन्छ ।

पछिल्ला चुनावहरूमा मतदानको प्रतिशत ६१ देखि ७० प्रतिशतको बीचमा रहेको र विदेशमा बस्ने करिब ११ प्रतिशत नेपालीहरू मतदान प्रक्रियाबाट बाहिर रहेको तथ्यलाई उजागर गरेको छ। उपलब्ध तथ्याँकको विश्लेषण गर्दा नेपालको निर्वाचन तथ्यांक र मतदाताको अवस्थाबारे मुख्य निष्कर्षहरू निम्नानुसार छन् ।

१. युवा मतदाताको वर्चस्वः तथ्यांक अनुसार कुल मतदाताको ६७ प्रतिशत हिस्सा ४४ वर्ष मुनिका युवाहरूको रहेको देखिन्छ । हेर्दा यो समुह सबैभन्दा धेरै हुँदैगर्दा मतदान प्रतिशत र आप्रवासनले गर्दा १५ देखि २५ प्रतिशतले निर्वाचनमा सहभागिता जनाउँदैन ।

२. जेन्जीको प्रभावः १८ देखि २८ वर्ष समूह कुल मतदाताको ३२ प्रतिशत रहेको छ । स्रोतका अनुसार हालै भएका नयाँ मतदाता दर्तामा दुई तिहाइभन्दा बढी करिब ६४,५०१ मध्ये ६६ प्रतिशत भन्दा बढी यही उमेर समूहका रहेका छन् । यसले नयाँ मतदाताहरूको ठूलो हिस्सा राजनीति र मतदान प्रक्रियामा जोडिँदै गएको देखाउँछ ।

३. सबैभन्दा ठूलो समूहः ३५ प्रतिशत हिस्साका साथ २९ देखि ४४ वर्ष समूह मतदाता नामावलीमा सबैभन्दा ठूलो समूहको रूपमा रहेको छ । यो समूह कार्यशील जनसंख्याको मुख्य हिस्सा पनि हो । अघिल्ला अध्ययनहरूले पनि २५ देखि ४० वर्ष उमेर समूहले मतदाता नामावलीमा निकै मजबुत पकड राखेको देखाएका थिए ।

४. पुराना पुस्ता न्युन तर निर्णायकः युवाहरूको तुलनामा पुराना पुस्ताको हिस्सा कम देखिन्छ । ४५ देखि ६० वर्ष २२ प्रतिशत र ६० वर्ष माथि ११ प्रतिशत गरी जम्मा ३३ प्रतिशत मतदाता यहि समुहका छन, जसको मतदान प्रतिशत अन्य उमेर समुहभन्दा उच्च नै हुन्छ ।

५.वैदेशिक रोजगारी र मतदानको चुनौतीः ठूलो संख्यामा युवा मतदाता भए तापनि, कुल मतदाताको करिब ११ देखि १२ (करिब १४ लाख देखि २१ लाख ९० हजार) नागरिकहरू देशबाहिर रहेका छन्। यो अनुपस्थितिले गर्दा नै सन् २०१७ मा ७० प्रतिशत रहेको मतदान प्रतिशत घटेर २०२२ मा ६१ प्रतिशत मा झरेको हुन सक्छ ।

६. सामाजिक सञ्जालः नेपालका करिब ४८ प्रतिशत नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्छन् र प्रयोगकर्ताहरूमध्ये करिब ६५ देखि ७५ प्रतिशत ले मतदान गर्ने गरेको पाइएको छ। युवा समूह सामाजिक सञ्जालमा बढी सक्रिय हुने भएकाले निर्वाचन प्रचार र सचेतनाका लागि यो माध्यम प्रभावकारी देखिन्छ । यद्यपी आप्रवासन र समाजिक सञ्जालको सीमीत पहुँचले गर्दा गैर युवा समुहको मतलाइ नजर अन्दाज गर्नु हुँदैन ।

निष्कर्षः तथ्यांकले नेपालको मतदाता नामावलीमा दुई तिहाइ हिस्सा ६७ प्रतिशत ४४ वर्ष मुनिका युवाहरूको रहेको स्पष्ट पार्छ । यद्यपि, ठूलो संख्यामा युवाहरू विदेशमा हुनु र मतदान प्रतिशतमा आएको गिरावट ले यो युवा शक्तिलाई पूर्ण रूपमा मतदान केन्द्रसम्म ल्याउन चुनौती रहेको छ। कुल १,८९,०३,६८९ मतदाता मध्ये यो उमेरगत सन्तुलनले आगामी निर्वाचनहरूमा एजेन्डा र प्रचार शैलीमा ठूलो परिवर्तन ल्याउनुपर्ने संकेत गर्दछ। साथै समाजिक सञ्जालमा देखिने चित्र मतदानको परिणामको चित्र भन्दा फरक हुने अनुमान गर्न सकिन्छ ।

समयसीमा अपडेट