back to top
बिहीबार, २०८२ माघ १ गते

पवनदुत यातायात प्रालिको अध्यक्षमा निराजन थापा चयन

थापा नेतृत्वको नयाँ निर्वाचित समितिले पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालीलाई प्रदेश तथा राष्ट्रिय स्तरमा उदाहरणीय संस्था बनाउने अपेक्षा गरिएको छ ।

पवनदुत यातायात प्रालिको अध्यक्षमा निराजन थापा चयन

थापा नेतृत्वको नयाँ निर्वाचित समितिले पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालीलाई प्रदेश तथा राष्ट्रिय स्तरमा उदाहरणीय संस्था बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित:

महेन्द्रनगर– पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालिको अध्यक्षमा निराजन थापा सर्वसम्मत चयन भएका छन ।

शुक्रवार भएको प्रालिको वार्षिक साधारण सभाले थापालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । प्रालिको संचालक सदस्यहरूमा चित्र बहदुर सिंह, कर्म बहादुर सिंह, गणेश बहादुर सिंह, बिरेन्द्र बहादुर शाह र पुस्पराज जोशी निर्वाचित भएका छन् ।

सरकारले यातायात समितिहरु खारेजी गरेपछि २०७४ सालमा पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालि स्थापना भएको थियो । नेपालकै अग्रणी यातायात व्यवस्थापन कम्पनीहरू मध्ये पवनदुत पनि एक हो ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको प्रारम्भिक चरणदेखि नै नीतिगत निर्णयदेखि व्यवस्थापन सुधारसम्मको जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै थापालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको प्रालिमा आवद्ध सदस्यले बताएका छन् ।

निर्बतमान अध्यक्ष कृष्णदेव पन्त सहितको सन्चालक समितिले थापाको नेतृत्वमा संस्था अझ गतिशील र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ । पन्तले आफ्नो कार्यकालमा थापाको सक्रियता र योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको सेवालाई अझ व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन ठोस योजना अघि सार्ने प्रतिबद्धता जनाए छन् । उनले चालक र सवारीधनीबीचको पारस्परिक सहकार्य, डिजिटल प्रणालीको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए ।

अन्य यातायात व्यवसायिक संस्थाहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै पवनदुत यातायातलाई अग्रणी र उदाहरणीय संस्था बनाउने नवनिर्वाचित अध्यक्ष थापाले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

समयसीमा अपडेट