back to top
बिहीबार, २०८२ माघ १ गते

तिहारमा सुनको कृत्रिम अभावसंगै उच्च मुल्य

तिहारमा सुनको कृत्रिम अभावसंगै उच्च मुल्य

प्रकाशित:

महेन्द्रनगर– ब्यवसायीले तिहार नजिकिँदै गर्दा बजारमा सुनको कृत्रिम अभाव देखाएर उच्च मुल्य लिने गरेका छन । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायीले अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जनाएको छ । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपैयाँ महँगोमा बिक्री गर्ने गरेको पाइएको महासङ्घले जनाएको छ । बजारमा सुनको मूल्य बढे पनि माग धेरै हुँदा बैङ्कबाट ल्याएको सुन सकिएकाले अभाव कायम रहेको ब्यवसायीको भनाई छ ।

बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई हजार रुपैयाँ बढेर दुई लाख ५० हजार नौ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य बढ्दै गएपछि उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुनको मूल्य चार हजार दुई सय अमेरिकी डलर पुगेको छ । व्यवसायीका अनुसार तिहारको बेलामा चारदेखि पाँच सय किलो सुनको कारोबार हुने गर्दछ । चाँदीका सामानसँगै धनत्रयोदशी (धनतेरस) मा सुनको पनि बिक्री बढ्ने ब्यवसायीले बताएका छन ।

सुनको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि बजारमा अभाव भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

समयसीमा अपडेट