back to top
बिहीबार, २०८२ माघ १ गते

कञ्चनपुरका सरकारी कार्यालय भोलीदेखी खुल्ने

गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा घोषणा गरेपनि कञ्चनपुरमा भने सबै खुल्ला रहने प्रशासनले जनाएको छ ।

कञ्चनपुरका सरकारी कार्यालय भोलीदेखी खुल्ने

गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा घोषणा गरेपनि कञ्चनपुरमा भने सबै खुल्ला रहने प्रशासनले जनाएको छ ।

प्रकाशित:

महेन्द्रनगर– देशका विभिन्न स्थानमा लगातार वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालयमा सार्वजनिक बिदा घोषणा गरेको थियो।

तर, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने जिल्लामा अत्यावश्यक तथा व्यवस्थापन सेवामा कुनै अवरोध नहुने जनाएको छ।

कार्यालयले असोज १९ गते जारी गरेको सूचनामा बिपद सम्भावना रहेको अवस्थामा समेत नागरिकको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै सेवा प्रवाह नियमित रूपमा जारी रहने उल्लेख गरिएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ुसञ्चार, यातायात, उद्धार, स्वास्थ्यलगायत अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन हुनेछ, सबै कार्यालयले कर्मचारीलाई समयमै सूचना प्रवाह गरी सेवा प्रवाह सुनिश्चित गर्न अनुरोध गरिएको छ।ु

जिल्लामा बाढी, डुबान वा भू–स्खलनका सम्भावित प्रभाव कम गर्नका लागि स्थानीय निकाय र सुरक्षाकर्मीहरू समेत सतर्क मोडमा रहने प्रशासनले जनाएको छ।

समयसीमा अपडेट