संयुक्त अरब इमिरेट्स (युएई) मा जारी युनिटी कप टी ट्वान्टी अन्तर्राष्ट्रिय सीरीजको पहिलो म्याच नेपालले ऐतिहासिक जित निकाल्दै सुखद् शुरुवात गरेको छ । दुई पटकको विश्वकप च्याम्पिन राष्ट्र वेष्ट इन्डिजलाई नेपालले १९ रनले पराजित गर्यो । नेपालले पहिलो पटक कुनैपनि आईसीसीको पुर्ण सदस्य राष्ट्र (टेष्ट, एकदिवसीय र टी ट्वान्टी मान्यता पाएको) लाई पराजित गरेको हो । यो जीत सँगै तीन खेलको श्रृङ्खलामा नेपाल १–० ले अगाडि बढेको छ ।
शनिवार साँझ साराजाँह क्रिकेट स्टेडियममा टस जितेर बलिङ रोजेको वेष्ट इन्डिजले नेपाललाई २० ओभरमा २ सय ४८ रन दिएको थियो । नेपालका लागि शुरुवाती ब्याटरहरु जम्न सकेनन् । नेपालको योगफल १२ रन हुँदा मुख्य ब्याटरहरु कुशल भुर्तेल र आसिफ सेख पेभेलियन फर्किसकेका थिए । कप्तान रोहित पौडेल र कुशल मल्लले मोर्चा सम्हाल्दै ५८ रनको महत्वपुर्ण साझेदारी गरे । त्यसपछि मैदान आएका गुल्सन झा, दिपेन्द्र ऐरी र सन्दीप जोराले नेपालको स्कोर बढाउन खुलेर खेले । करन केसी र सोमापल कामी पछि मैदान उत्रेका नन्दन यादवले अन्तिम ओभरमा शक्तिशाली छक्का प्रहार गर्दै टीमलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन योगदान गरको थिए । बलिङतर्फ वेष्ट इन्डिजका अनुभवी खेलाडी जेसन होल्डरले ४ तथा नभिन विदैशीले ३ विकेट लिएका थिए ।
एक सय ४९ रनको मध्यम स्कोर पछ्याउन मैदान उत्रेको वेष्ट इन्डिजलाई शुरुवात देखि नै नेपालको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङले अल्झाइरह्यो । दोस्रो ओभरमै करन केसीको बलमा वेष्ट इन्डिजका अनुभवी ब्याटर काइल मेयर्रसलाई मिडअन क्षेत्रमा तैनाथ कुशल भुर्तेलले सीधा विकेटमा प्रहार गरि रन आउट गरे । एउटा स्टम्पमात्र देखिएको स्थितिमा पनि सीधा प्रहारबाट रन आउट हुँदा दशर्क र खेलाडीहरुको हुँकारले स्टेडियम गुन्जिएको थियो ।

पावरप्लेको पाँचौ ओभरमा नन्दन यादवले अर्को विकेट लिएपछि नेपालले वेष्ट इन्डिजलाई दवाबमा राख्यो । कशुल भुर्तेल, रोहित पौडेल र ललित राजवंशीले कसिलो बलिङ गर्दै बीच बीचमा विकेट निकाल्दै १५ ओभरमा ९७ रनमा ७ जनालाई आउट गरिसकेका थिए । अन्तिम तिर वेष्ट इन्डिजले केहि राम्रा सर्ट प्रहार गर्दै खेललाई रामोञ्चक बनाउन सक्यो, यद्यपि अन्तिम ओभरमा २८ रन आवश्यक पर्दा दिपेन्द्र ऐरीले १० रन खर्चेर विकेट लिएपछि वेष्ट इन्डिज पुरै २० ओभर खेलेर एक सय २९ रन मा ९ विकेटको स्थितिमा खेल सकियो ।
१९ औं ओभरमा करन केसीले मात्र २ रन दिँदै वेष्ट इन्डिजकका कप्तान अकिल हुसैनलाइृ आउट पारेपछि नेपालको जीत लगभग सुनिश्चित जस्तै बनेको थियो । नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए ।
सन्दिप विनाको जीत
नेपालले खेलाडि सुची सार्वजनिक गर्दा सन्दिप लामिछाने नदेखिएपछि धेरैले प्रश्न उठाएका थिए । स्पिन प्रभावकारी हुनै मैदानमा नेपालले ललित राजवंशीको नेतृत्वमा स्पिन आक्रमण बुनेको थियो । उनलाई कुशल भुर्तेल, कप्तान रोहित पौडेल र उप कप्तान दिपेन्द्र ऐरीले साथ दिएका थिए । म्याच पछि नेपाली प्रशिक्षकलाई सोधिएको प्रश्नमा सन्दिपले आफ्नै कारण यो म्याचमा खेल्न नसक्ने जानकारी दिएको बताए । प्रशिक्षक ल का अनुसार सन्दिप नहुँदा अभाव हुने तर उक्त अभाव पुरा गर्न कुशल भुर्तेल जस्तै जिम्मेवारी लिने खेलाडीहरु भएकोले हामी प्रतिस्पर्धात्मक क्रिकेट खेल्न तयार रहेको बताए । विस्तृत कारण जान्नका लागि सन्दिपलाई नै सोध्न उनले आग्रह गरेका छन् ।
उत्कृष्ट क्षेत्ररक्षण
मध्यम योगफल पछ्र्यारहेको वेष्ट इन्डिलाई सुरुवात देखि दवाबमा राख्न नेपाली टोलीले उत्कृष्ट क्षेत्ररक्षण गरेको थियो । युवा टोलीको जोश र स्फुर्तिको वेष्ट इन्डिजको कमेन्टेटर इयान विशपले पनि तारिफल गर्दौ थिए । कुशल भुर्तेलले गरेको रन आउट, दिपेन्द्र ऐरीको तीव्र सँकलनमा भएको रन आउट, सन्दीप जोरा र कुशल भुर्तेलले सीमारेखा क्षेत्रमा गरेका उत्कृष्ट क्याचहरुले नेपाली फिल्डिङको शैली झल्किन्थ्यो । यद्यपी खेलमा लालित राजवँशी, कप्तान रोहित पौडेलले केहि क्याच सम्भावना गुमाएका पनि थिए ।
शूरुवाती साझेदारी फितलो
नेपालको शुरुवात राम्रो हुन सकेन । नेपालको अधिकाँस खेलमा जीतका लागि निर्णायक मानिने कुशल भुर्तेलको आक्रामक इनिङ हेर्न नपाउँदै उनी ११ बलमा ६ रन बनाएर स्टपम्प आउट भए । अर्का ओपनर आसिफ सेख पनि ठुलो सर्टका लागि जान खोज्दा ४ बलमा ३ रन बनाउँदै क्याच आउट हुन पुगे । शुरुमै वेष्ट इन्डिजले दवाबमा राखेपछि रोहित पौडेल ले सुस्त गतिमा रन बनाउँदै टीमलाई सम्हालेका थिए । उनी पनि आक्रामक सर्ट खेल्न थाल्दा ३५ बलमा ३८ रन बनाउँदै क्याच आउट हुन पुगे । दिपेन्द्र ऐरीले पनि सुस्त गतिमा १९ बलमा १७ रन बनाएर क्याच आउट भए । बीचमा कुशल मल्ल, गुल्शन झा र सन्दीप जोराले आक्रामक पारी खेलेपछि नेपालको योगफल १४८ रन सम्म पुगेको थियो ।
युनिटी कप सिरीजको दोस्रो खेल यहि सोमबार बेलुकी ८ बजेर १५ मिनेटमा शारजाँह क्रिकेट मैदानमा हुनेछ । वेष्ट इन्डिजलाई सीरीज बराबरी गर्ने दवाब हुनेछ भने नेपालले २–० ले सीरीज जित्ने लक्ष्य सहित उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ ।


