back to top
शनिबार, २०८२ आश्विन ११ गते

ब्यवस्था परिर्वतनका लागि परिवार भित्रै बिद्रोहको बिगुल फुक्ने मेयर पदम !

ब्यवस्था परिर्वतनका लागि परिवार भित्रै बिद्रोहको बिगुल फुक्ने मेयर पदम !

प्रकाशित:

महेन्द्रनगर– संघीय शासन व्यवस्थापछि २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनपमा पदम बोगटी कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरका दावेदार बने । पहिलो प्रयासमा असफल उनी २०७९ को स्थानीय तह निर्वाचनपछि भीमदत्तको नेतृत्व गर्न पाएका हुन् ।

बोगटीले भीमदत्तको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको छ । काँग्रेस जिल्ला नेतृत्व सम्हालेपछि उनी मेयर भएका हुन् । काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएका उनी कञ्चनपुर काँग्रेसमा पूर्व गृहमन्त्री रमेश लेखक समूहका नेता मानिन्छन् । काँग्रेसको १४ औं महाधिवेशन अघि उनी पूर्व मन्त्री एनपी साउँद निकट थिए । लेखक नजिक भएपछि उनी पार्टी सभापति हुन सफल भए ।

काँग्रेसमा बोगटीको विद्रोही नेताको छवि छ । काँग्रेस नेताहरुका अनुसार बोगटी आफ्नै बुवाको शासन सत्ता विरुद्ध आन्दोलनमा उत्रिएका नेता हुन् । पञ्चायतकालमा उनका बुवा स्वर्गिय भान सिह बोगटीले २०२० मा तत्कालिन महेन्द्रनगर आदर्श गाउँ पञ्चायतको नेतृत्व गरेका थिए ।

बुवा विरुद्ध विद्रोह गरेको २८ वर्षपछि बोगटी २०७९ मा भीमदत्तको मेयर भएका हुन् । उनी २०४६ मा त्यहीं घरबाट आफनै बुवाको पञ्चायती शासन विरुद्ध सडकमा निस्किएका हुन् ।

मेयर बोगटीका छोरा आशिसले बाजेले बनाएको घरमा जेन जी आन्दोलनरीकाले आगो लगाएर ध्वस्त बनाई दिएको बताए ।

‘यो घर जमिन मेरो बाबुले पनि कमाएको होईन, मेरो हजुर बाबुको पुर्खाको सम्पत्ति हो, राजनीतिमा बाबु लागेर उल्टै हामी घर परिवारलाई समय पनि दिनु भएको छैन, जहिल्यै देश जनताका लागि रात दिन खटिएका हुन्थे, मेयर बोगटी छोरा आशिषले भने ।

भीमदत्त नगरपालिका–२ उल्टाँखामस्थित जेन–जि आन्दोलनका क्रममा जलाईएको मेयर पदम बोगटीको घर ।

मेयर बोगटीले समयको माग अनुसार देशमा आन्दोलन हुँदै आएकाले जेन जी आन्दोलनलाई अन्यथा लिन नहुने बताए । ‘आन्दोलन समयको माग हो, जनताले परिवर्तन चाहि रहन्छ’ उनले भने,‘त्यस कारण यो एउटा आवश्यकता नै हो ।’भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले जेन जी आन्दोलनमा आगजनी र तोडफोड गरिएका तीन स्थानीय तहमा पुगेर निरीक्षण गरेका छन् । जेन जी आन्दोलनमा पुनर्वास, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा तोडफोड र आगजनी गरिएको थियो ।

नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यको हैसियतामा मेयर बोगटीले ती तीन ओटै नगरपालिका निरीक्षण गरी जानकारी लिएका छन् ।
नगरपालिका संघले आन्दोलनपछि मेयर बोगटीलाई आन्दोलनमा क्षति पुगाएका स्थानीय तहको निरीक्षणका लागि जिम्मा दिएको थियो ।

‘म संघको केन्द्रीय सदस्य पनि हुँ, संघले निरीक्षण गर्ने जिम्मा दिएको थियो, त्यस अनुसार तीन ओटै तहमा गएर जानकारी लिएको छु’ उनले भने,‘आगजनी र तोडफोडबाट तीन ओटै तहमा क्षति पुगेको छ, त्यसमा पनि कृष्णपुर र पुनर्वासमा धेरै छ ।’

भदौ २४ गते जेन जी आन्दोलनकारीले विहानैदेखि आगजनी र तोडफोड गरी ती तीन नगरपालिकामा विध्वशं मच्चाएका थिए । आन्दोलनमा मेयर बोगटीको भीमदत्त नगरपालिका आन्दोलनकारीको तोडफोड र आगजनीबाट जोगिएको छ । आन्दोलनकारीले नगरपालिकाको प्रवेशद्वारमा पुगेर तोडफोड र आगजनी गरेका थिए ।

नगरपालिका जोगिए पनि मेयर बोगटीको पार्टी कार्यालय र आफ्नो घर आन्दोलनकारीले ध्वस्त बनाएका छन् । मेयर बोगटी काँग्रेस कञ्चनपुरका सभापति हुन् । भीमदत्त नगरपालिका ४ कबर्ड हलस्थित पार्टी कार्यालय तोडफोड र आगजनीबाट खण्डहर बनेको छ । अहिले ध्वस्त पार्टी कार्यालय मर्मत सम्भार कार्य थालिएको छ ।

मेयर बोगटीको महेन्द्रनगर बजार गल्ली नं. ४ र भीनपा २ उल्टाखामस्थित घर आन्दोलनकारीले निशाना बनाएका छन् । उल्टाखामस्थित घर आगजनी र तोडफोडबाट बस्न नसकिने गरी ध्वस्त भएको छ । महेन्द्रनगर बजारको घरमा भने तोडफोड मात्रै गरिएको छ ।

उल्टाखामस्थित घरमा आगजनी र तोडफोड नगर्न उनका घर परिवारले आन्दोलनकारीसित अनुनय गरेका थिए । उनीहरुले घर परिवारको आग्रहलाई वास्ता नगरी तोडफोड गर आगजनी गरेका थिए ।

घर बाहिर राखिएको ग्याँस सिलिण्डरमा आगो लगाएर घरभित्र फालिएको थियो । त्यसपछि घरभित्र सिलिण्डर पड्किएको थियो । मेयर बोगटीले पार्टी कार्यालयमा आगजननी र तोडफोडबाट केही समान नबचेको बताए ।

‘हाम्रो पार्टी कार्यालयको हालत पनि उस्तै छ, एमालेको जस्तै’ मेयर बोगटीले भने,‘सबै क्षति भाको छ, त्यहाँ केही बेचेको छैन ।’ जेन जी आन्दोलनमा तत्कालिन सत्तारुढ एमाले र काँग्रेस पार्टी कार्यालय र नेताहरुका घरमा आगजनी गरिएको थियो । मेयर बोगटीले व्यक्तिगत सम्पत्तिमा आगजनी दुःखद भएको बताए । ‘यो राम्रो भएन, व्यक्तिका घरमा आगजनी नभएको पनि हुने थियो’ उनले भने ।

समयसीमा अपडेट