back to top
शुक्रबार, २०८२ आश्विन १० गते

दशैंको मुखमा वडाध्यक्ष ‘भुन्टु’ ले बाँडे तलब भत्ता

दशैंको मुखमा वडाध्यक्ष ‘भुन्टु’ ले बाँडे तलब भत्ता

प्रकाशित:

महेन्द्रनगर– जनप्रतिनिधिहरू तलब भत्ता र सेवा सुविधाप्रति मात्र आकर्षित हुन्छन् भन्ने बुझाई समाजमा निर्माण भइरहँदा कानुनले दिएको सेवासुविधा नै त्यागेर केही जनप्रतिनिधि पूर्ण रूपमा नागरिक सेवामा समर्पित हुँदै आएका पनि छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुवँर ‘भन्टु’ ले अहिलेसम्म राज्यले दिएको तलव भत्ताबिना नै जनप्रतिनिधिका रूपमा नागरिकको सेवा गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनमा जनतासँग मत माग्ने क्रममा तलव भत्ता आफुले उपभोग नगर्ने उद्घोष गरेका वडाध्यक्ष भुन्टुले स्थानीय सरकारमा निर्वाचित भएर आएपछि राज्यले प्रदान गर्ने तलब भत्ता वडाका असाय, बृद्धबृद्धा र असक्त नागरिकलार्ई वितरण गर्दै आएका छन ।

२०७४ सालदेखी लगातार दुई कार्यकाल नेपाली काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका भुन्टुले अहिलेसम्म तलव र भत्ता आफुले उपभोग गरेका छैनन् । २०७४ सालमा पहिलो पटक वडाध्यक्ष निर्वाचित भुन्टुले तलव भत्ता वाफतको सबै रकम वडाका नागरिकलाई वितरण गरेका थिए । त्यही कारण लोकप्रिय बनेका भुन्टु दोस्रो पटक २०७९ सालमा सहजै पुन वडाध्यक्षमा निर्वाचित भए । उनी अहिले पनि आफ्नो अठोटमा कायमै छन् ।

चाडपर्वको अवसर पारेर असाय, बृद्धबृद्धा र असक्त नागरिकलाई तलब भत्ता वाफतको रकम वितरण गर्ने कार्यलाई वडाध्यक्ष भुन्टुले निरन्तरता दिदै आएका छन् ।

सोमबार दशैंको पहिलो दिन अर्थात घटस्थापना, बिधिपूर्वक सबैले घरघरमा पुजाआराधना गरी जमरा राख्दैं गर्दा वडाध्यक्ष भुन्टु भने बृद्धबृद्धा, असाय बालबालिका र असक्त नागरिकलाई खुशि बाँडदै थिए ।

दशैंको शुभकामना दिदै उनले वडाका १ सय ६२ जनालाई १ हजार ५ सयका दरले आफुले पाएको सबै तलव र भत्ता वितरण गरे । ‘चाडपर्वका बेला मिठो खाने, राम्रो लुगा लगाउने सबैको रहर हुन्छ, त्यसैले असाय, बृद्धबृद्धा र असक्त नागरिकलाई दशैंका बेला केहि राहत होस भन्ने उदेश्यले आफुले पाएको तलव र भत्ता बाडेको हु ।’ उनले भने ‘आफुले सके जति खुशि बाँड्ने प्रयास गरेको छु, वहाँहरुले दिने आर्शिवाद नै मेरो सफलता हो ।’

आफ्ना जनप्रतिनिधिले राज्यबाट पाएको तलव भत्ता जेष्ठ, असक्त र असाय नागरिकलाई वितरण गरेकोमा वडाबासीले खुशि ब्यक्त गरेका छन ।

समयसीमा अपडेट