back to top
शनिबार, २०८२ आश्विन ११ गते

कञ्चनपुर कारागारका ३ सय ५० कैदीबन्दी अझैं फरार

कञ्चनपुर कारागारका ३ सय ५० कैदीबन्दी अझैं फरार

प्रकाशित:

महेन्द्रनगर– जेनजी आन्दोलनका क्रममा मंगलबार कञ्चनपुर जिल्ला कारागारबाट फरार भएका मध्ये तीन सय ५० जना कैदीबन्दी अझैं फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार फरार भएका ४ सय ५३ मध्ये हालसम्म एक सय ३ जना कैदीबन्दी र्फिता भएका छन । ‘केहीलाई नियन्त्रणमा लिएर कारागार बुझायौं, उनले भने, ‘केही आफै कारागारको सम्पर्कमा पुगेका हुन् ।’ नायब उपरीक्षक बोहराका उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् ।

कारागार प्रशासनका अनुसार बिभिन्न मुद्धाका चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी रहेका थिए ।

समयसीमा अपडेट