back to top
मंगलवार, २०८२ आश्विन ७ गते

आन्दोलन रोकेर वार्तामा आउन आह्वान

आन्दोलन रोकेर वार्तामा आउन आह्वान

प्रकाशित:

जेनजी युवाको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । २८ वर्ष मुनिका युवाहरुको आन्दोलनलाई अब स्थागित गरेर वार्तामा आउन आह्वान गरिएको छ । नेपाली सेनाले विज्ञप्ति समेत जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । अहिले नेपाली सेनाले सुरक्षाको नेतृत्व गर्दै देशभरी सडकमा आएको छ ।
यस अघि प्रधानसेनापति सिग्देलले समेत भिडियो सन्देश जारी गर्दै अहिलेको परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन आग्रह गरेका थिए । नेपाली सेनाले विज्ञप्ति जारी गरेर पनि संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।
सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो । सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठिक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो ।
हिजो अबेर आन्दोलन ले आगजनि र तोडफोडको रुप लिएपछि पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, नागरिक समाजका अगुवाहरु लगायतले संयम अपनाउन अपील गरेका छन्। मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, केदारभक्त माथेमा, वीरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक कृष्ण खनाल कृष्ण पोख्रेल हरि शर्मा मोहना अन्सारी र चरण प्रसाईंले संयुक्त रुपमा संयमता अपनाउन र शान्ति कायम गरी राजनीतिक निकास खोज्न आह्वान गरेका छन्।
वरिष्ठ नेत्र चिकित्सक डा। सन्दुक रुइतले पनि संयमित रहन जेनजी पुस्तालाई अपील गरेका छन्। असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने उनको भनाइ छ।
यसअघि अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु अभिनेता राजेश हमाल, क्रिकेटर पारस खड्का, सन्दिप लामिछाने, काठमाण्डौंका मेयर बालेन शाह लगायतले जेन जी लाई अब थप क्षति बाट देशलाई जोगाउने र हामीले नै निमार्णमा खटिनुपर्ने आग्रह गरेको थिए ।

समयसीमा अपडेट