महेन्द्रनगर– भ्रष्टाचार, बेथिति र दण्डहिन्ता अन्त्यको माग गर्दै प्रदर्शनमा उत्रेको जेन–जी पुस्ता माथी जन निर्वाचित सरकारले गोली हानी हत्या गरेको भन्दै कञ्चनपुरमा पनि जेन–जी पुस्ताको समर्थनमा आन्दोलन चर्किएको छ ।
मंलबार कञ्चनपुर सरमुकाम महेन्द्रनगर सहित जिल्लाका बिभिन्न क्षेत्रमा जेन–जी पुस्ताले बिरोध प्रर्दशन गरेको छ । प्रर्दशनका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालय र जिल्ला प्रहरी कार्यालय गेट अगाडी टायर बालेर जेन–जी पुस्ताले सरकारको बिरोध गरिएको छ ।

प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी र तोडफोड गरेका छन । आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयको हातामा पसेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ । दशरथ चोक क्षेत्र तनाव ग्रस्त बनेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन् ।
प्रदर्शन बढ्दै गएका कारण जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ११ बजे देखी लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरीएको छ ।
यस्तो छ निेषेधाज्ञा पत्र !

बजार ब्यवसायी, शिक्षण संस्था, यातायात पूर्णरुपमा बन्द छन । महेन्द्रनगर बजारका चोक चोकमा टायर बालेर प्रदर्शन गरिएको छ । बेदकोट, झलारी, गुलरिया लगायतका क्षेत्रमा पनि जेन–जी पुस्ताको पक्षमा प्रदर्शन भईरहेको छ ।
सरकारकै कारण देशमा भ्रष्टाचार, बेथिति र दण्डहिन्ता मौलाएको भन्दै जेन–जी पुस्ताले थालेको प्रदर्शनले सरकार बिरोधी आन्दोलनको रुप लिदै गएको छ ।
सुशासन र समान अवसरको मागसहित देशका विभिन्न भागमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले सोमबार बर्बर दमन गर्दै नरसंहारमा उत्रेपछि देशैभर आन्दोलन चर्किएको छ ।