back to top
शनिबार, २०८२ आश्विन ११ गते

महाकालीमा जोखिम मोलेर दाउँरा बटुल्नेको भिड, माईकिंग गर्दै नदी किनार पुग्यो भीमदत्तका प्रवक्ताको टोली

महाकालीमा जोखिम मोलेर दाउँरा बटुल्नेको भिड, माईकिंग गर्दै नदी किनार पुग्यो भीमदत्तका प्रवक्ताको टोली

प्रकाशित:

महेन्द्रनगर– बर्षायाम सुरु भएसंगै नदी, खोला खहरेमा आउने बाढीले रुख, बोटबिरुवा दाउँरा सहित बिभिन्न नदीजन्य प्रर्दाथ बगाएर ल्याउँछ ।

यसै बेला तटिय क्षेत्रमा बस्ने स्थानीय नदी किनारमा झुम्मेका देखिन्छन । नदी, खोला खहरेले बगाएर ल्याउने दाउँरा बटुल्न ज्यानै जोखिममा पार्छन । यसरी जोखिम मोलेर दाउँरा संकलन गर्नेको अहिले महाकाली नदीमा घुईचो नै लाग्ने गरेको छ ।

खाना पकाउन दाउँरामा निर्भर बासिन्दा बर्षभरीका लागि दाउँरा संकलन गर्ने यही समय हो । ज्यानकै प्रवाह नगरी बाढीमा आएका दाउँरा संकलन गर्ने क्रममा नदीले बगाएका धेरै घट्ना पनि भएका छन ।

मंगलबार भुजेलास्थित महाकाली दाउँरा संकलन गर्नेको भिड ।

चार दिनदेखि लगातार भईरहेको बर्षासंगै महाकाली नदीमा पानीको बहाव निकै बढेको छ । तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्कता अपनाउन सरकारी निकायले आग्रह गर्दै आएको छ । तर, पनि जोखिमको बेवास्था गरी बालबालिका, युवायुवती, बृद्धबृद्धा सबै दाउँराको जोहोका लागि नदी किनार पुग्ने गरेका छन ।

यसरी दाउँरा संकलन गर्न गएका स्थानीयलाई सचेत गर्दै भीमदत्त नगरपालीकाको टोली मंगलबार महाकालीमै पुग्यो । भीमदत्तका प्रवक्ता पदमराज अवश्थी सहित नगरप्रहरीको टोलीले माईक्रिंग गर्दै यसरी बाढीका बेला नदीमा नजान आग्रह गरेको भिडियो समाजीक सञ्जालमा छाएको छ ।

समयसीमा अपडेट