back to top
शनिबार, २०८२ आश्विन ११ गते

निर्माण व्यवसायी निर्वाचनः ७ बुँदे प्रतिवद्धता सहित पुष्पराज अवस्थीको प्यानल चुनावी मैदानमा

निर्माण व्यवसायी निर्वाचनः ७ बुँदे प्रतिवद्धता सहित पुष्पराज अवस्थीको प्यानल चुनावी मैदानमा

प्रकाशित:

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा अध्यक्षका उमेदवार पुष्पराज अवस्थीले पनि प्यानल घोषणा गरेका छन् ।

होटल सिद्धार्थमा सोमबार पत्रकार सम्मेलन गरी अवस्थीले सबै पदाधिकारी सहित आफ्नो प्यानल घोषणा गरेका हुन् । अध्यक्षका अर्का उमेदवार निरञ्जन प्रसाद भट्टले यसअघि नै प्यानल घोषणा गरी चुनावी प्रचारमा जुटेका छन ।

अवस्थी र भट्ट यस अघि १४ औं अधिवेशनमा पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तीन वर्षपछि फेरि यीनै दुई बिच प्रतिस्पर्धा हुने भएको छ ।

अवस्थी प्यालनबाट वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम उम्मेदवार छन् । संघको वर्तमान समितिका सह कोषाध्यक्ष यज्ञराज बैज उपाध्यक्षका उम्मेदवार छन् ।

महासचिवमा देबीदत्त भट्ट र सचिवमा गोरे सिह ऐर अवस्थी प्यानलबाट उम्मेदवार छन् । यसैगरी कोषाध्यक्षमा दिल बहादुर सिह र सह कोषाध्यक्षमा चित्र बहादुर कार्की उम्मेदवार छन् ।

सिह दोधारा चाँदनी र कार्की बेल्डाँडीका वासिन्दा हुन् । भदौ २० गते साधारण सभा सकिएपछि निर्वाचन सुरु हुने छ । निर्वाचन प्रक्रिया सुरु गरि सकेको निर्वाचन समितिले जनाएको छ ।

अवश्थी प्यानलका यस्ता छन् प्रतिवद्धता !

  • निर्माण व्यवसायी संघलाई समय सापेक्ष र सबै व्यवसायीको साझा संस्था बनाउने ।
  • संघ बाहिर रहेका ३ सय ५० व्यवसायीलाई संघमा अवद्ध गर्ने ।
  • निर्माण व्यवसायीको क्षमता वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिदै लेखा प्रणाली, भ्याट, इबिडका लागि सीप मुलक र प्राविधिक तालिम सञ्चालन गर्ने ।
  • संघको कार्यालय व्यवस्थित र प्रविधियुक्त बनाउने त्यसका लागि दक्ष जनशक्ति तथा प्रयोगशाला(ल्याब) स्थापना गर्ने ।
  • निर्माण व्यवसायीका समस्या भुक्तानी (साइड, क्लियरेन्स) लगायतका समस्या समाधानका लागि सरोकारवाला निकायसित सहकार्य गर्ने ।
  • निर्माण व्यवसायीबीच सहकार्य र आपशी सम्बन्ध सौहार्द बनाउन छलफल गर्ने, विभिन्न पर्वहरु मनाउने, नो रिपिटको संस्कार अपनाउने ।
  • पुनः पदमा दोहोरिने प्रवृत्ति अन्त्य गर्ने र निर्माण व्यवसायी संघलाई साझा संस्थाका रुपमा विकास गरी व्यवसायिक र क्रियाशिल व्यवसायीको संस्था बनाउने छ ।

समयसीमा अपडेट