back to top
मंगलवार, २०८२ आश्विन ७ गते

युनियन स्थापना दिवसको अवसरमा ब्याडमिन्टन, प्रथम पुरस्कार २० हजार

युनियन स्थापना दिवसको अवसरमा ब्याडमिन्टन, प्रथम पुरस्कार २० हजार

प्रकाशित:

महेन्द्रनगर– नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा दुई दिने ब्याडमिन्टन प्रतियोगित आयोजना हुने भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले स्थापना दिवसको अवसर पारी सोमबारदेखी निजामती कर्मचारी बिच ब्याडमिन्टन प्रतियोगित आयोजना गर्न लागेको हो ।

महेन्द्रनगरस्थित कर्भडहलमा आयोजना हुने प्रतियोगितामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारी सहभागि हुन पाउने आयोजक युनियन जिल्ला कार्यसमितिका अध्यक्ष गणेश बहादुर सिंहले जानकारी दिए ।

बिडब्लुएफ को नियमानुसार पुरुष डबल्स प्रतियोगितामा सहभागि हुन खेलाडीले आईबारसम्म नाम दर्ता गरीसक्नु पर्ने छ । प्रति खेलाडी दर्ता शुल्क एक हजार रुपैया तोकिएको अध्यक्ष सिंहले बताए ।

बिजेता खेलाडीलाई आयोजकले नगद र प्रमाणपत्र सहित पुरस्कारको ब्यवस्था पनि गरेको छ । प्रथम हुने टिमलाई नगद २० हजार र दोस्रो हुने टिमलाई १२ हजार र तेस्रो स्थान पाउने टिमलाई ५ हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरीने अध्यक्ष सिंहले बताए ।

बिजेता खेलाडीलाई भदौ १९ गते नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका दिन उक्त पुरस्कार वितरण गरिने छ ।

समयसीमा अपडेट