महेन्द्रनगर– महाकाली नदीमा शुक्रबार बिहानैदेखि पानीको बहाव बढ्दै गएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा बर्षा भईरहेकाले महाकाली नदीमा पानीको बहाव बढ्दै गएको हो ।
नदीमा पानीको सतह बढेसंगै नेपाल–भारत नाकाको बनबासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन बन्द गरिएको छ । भारतीय पक्षले पुलको सुरक्षार्थ भन्दै पानीको बहाब एक लाख क्युसेक पुग्ने बित्तीकै ठुला सवारीसाधन गुड्न रोक लगाउँदै आएको छ ।
शुक्रबार ११ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ४८ हजार २ सय २६ क्यूसेक पुगेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । बिहान ९ बजे १ लाख २४ हजार क्यूसेक बहाव थियो ।
