back to top
सोमबार, २०८२ फाल्गुन १८ गते

ब्रहमदेव प्रहरीले दुधमा ‘घुस’ मागेको आरोप

ब्रहमदेव प्रहरीले दुधमा ‘घुस’ मागेको आरोप

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरको ब्रह्मदेब आसपासका क्षेत्रबाट सिमा पारी दुध लैजाने भारतीय दुध ब्यवसायीसंग प्रहरीले घुस मागेको आरोप लागेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका ९ र १० नम्बर वडाका स्थानीयको घरमै आएर दुध लैजाने भारतीय नागरिकसंग ब्रह्मदेवस्थित ईलाका प्रहरी कार्यालयले पैसा माग गरेको आरोप लागेको हो ।

नाकामा प्रहरीले पैसा माग गरेपछि दुई दिनअघि भारतीय दुध ब्यवसायी गाउँमा नआउँदा एक दिनको दुध बिक्रि नभएको स्थानीयले बताए ।

भिमदत्त नगरपालिका– ९ ब्रह्मदेवका एक स्थानीयका अनुसार भारतीय दुध ब्यवसायीसंग ब्रहमदेव प्रहरीले ५ हजारका दरले रकम माग गरेको बताए । सोहि कारण आफुहरु दुध संकलनका लागि नआएको उनीहरुले बताएको ती स्थानीयको भनाई छ ।

दुध संकलनका लागि दैनिक १०–१२ जना भारतीय दुध ब्यवसायी बर्षौदेखी उहाँ आउने गरेका छन । उनीहरुले दैनिक ५ सय लिटर भन्दा बढी दुध संकलन गरी सिमा पारीको टनकपुर लैजादै आएका छन ।

दुध संकलनका लागि आउने क्रममा उनीहरु माथी नाकामा चेकजाँच गरेकै कारण प्रहरीलाई बदना गर्न अनाहकमा रकम माग गरेको अरोप लगाइएको ईलाका प्रहरी कार्यालय ब्रह्मदेवका ईन्चार्ज सई दिपेन्द्र चन्दले समयसीमासंग बताए । नाकामा सुरक्षा चेकजाँच गर्नु आफ्नो दायीत्व भएको सई चन्दले भनाई छ ।

नाकामा दुध संकलकसंग प्रहरीले पैसा मागेको गुनासो आफुसंग पनि आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खड्क बहादुर खत्रीले बताए ।

समयसीमा अपडेट