back to top
आईतवार, २०८२ आश्विन १२ गते

भीमदत्त नगर प्रहरीको मदनचोकमा अपांग माथी बहादुरी !

भीमदत्त नगर प्रहरीको मदनचोकमा अपांग माथी बहादुरी !

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका क्षेत्रमा ठुलो संख्यामा पछिल्लो समय ठेला (पटके) ब्यवसाय गरिदै आएको छ । त्यस्ता ब्यवसायीसंग पालिकाले कर पनि लिन्छ । तर, आफै कर उठाउने भएपनि ती पटके ब्यवसायीलाई बेला–बेला नगर प्रहरीले दुख दिने गरेको छ ।

बिहीबार बेलुका करिब ६ बजे ठेलामा केरा राखेर बजार हिडेका एक जना अपांग ब्यवसायीलाई नगर प्रहरीले धरपकड गरे । करिब ४ हजार रुपैया बराबरको केरा जबरजस्ती नियन्त्रणमा लिईयो ।

महेन्द्रनगरको मदन चोकस्थित भेट्घाट चौतारीबाट नगर प्रहरीले भीमदत्त नगरपालिका–१८ स्थित भाडामा बस्दै आएका हरिभक्त पन्तको ४ क्रेट केरा लगेर गए । उमेरले ६३ बर्षीय पन्त शारीरिक रुपमा अपांग छन् । उनको बायाँ खुट्टा चल्दैन । गाडी सहित आएका नगर प्रहरीको हुलले कुनै सवालजवाफ गरेनन ।

पन्तका अनुसार एक्कासी ठेलाको केरा बटुलेर लगे । क्रेट नगर प्रहरीले बोकेरै आएका थिए । श्रीमतीले मकै बेचेर कमाएको रकमबाट खुट्टाले अपांग पन्तले स्थानीय तरकारी बजारबाट बिहानै केरा किनेर साँझ मात्रै बिक्रिका लागि बजार निस्केका थिए ।

धेरै सार्वसाधारणले ती अपांगता भएका पन्तको बाध्यता बुझ्न नगर प्रहरीलाई आग्रह पनि गरे तर, एक सुनेन नगर प्रहरीको टोलीले, अन्तः पन्त भावुक हुदै‌ खाली ठेला बोकेर घरतिर फर्किए ।

नगर प्रहरीको ज्यादतीपछि सर्वसाधारणले ती अपांग ब्यक्तिलाई केही आर्थिक सहयोग पनि गरे । पन्त कि ५२ बर्षीया श्रीमति धना स्थानीय क्याम्पस रोड नजिकै फुटपातमा पोलेकाे मकै बेचेर घर खर्च चलाउने गर्छिन । उनलाई खुट्टाले अपांग भएपनि श्रीमानले सघाउँदै आएका छन ।

पन्त दम्पती बिगत ५ बर्षदेखि महेन्द्रनगर बजारमा मकै र कहिले काही ठेलामा फलफुल बेचेर परिवारको जोहो गर्दै आएका छन ।

समयसीमा अपडेट