back to top
मंगलवार, २०८२ फाल्गुन १९ गते

दार्चुलाको नौगाडमा जीप दुर्घटना, घाईते चार जनाकाे अवश्था गम्भीर

दार्चुलाको नौगाडमा जीप दुर्घटना, घाईते चार जनाकाे अवश्था गम्भीर

प्रकाशित:

दार्चुलाको नौगाडमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

नौगाड गाउँपालिकास्थित होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र ०४००१ ज ०१०३  नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाईते ११ जनामध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

दुर्घटनामा नौगाड गाउँपालिका–३ बस्ने २५ वर्षीया पार्वती टमटा, वडा नम्बर–४ का २६ वर्षीय मोहन ठगुन्ना, मार्मा गाउँपालिका–५ का १७ वर्षीया अप्सरा महता र नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना गम्भीर घाइते भएको दार्चुला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाईतेको अवश्था सामान्य छ ।

चालक सहित जीपमा ११ जना सवार रहेको बताइएको छ । बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

समयसीमा अपडेट