back to top
शनिबार, २०८२ आश्विन ११ गते

कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रहरी इन्चार्ज बोहरा करणी मुद्दामा पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रहरी इन्चार्ज बोहरा करणी मुद्दामा पक्राउ

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका नगर प्रहरी इन्चार्जविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दायर भएको छ । नगर प्रहरी सहायक निरीक्षक(असइ) सुरेन्द्र बोहराविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दायर भएको हो ।

भीमदत्त नगरकै ३२ वर्षीया एक महिलाले नगर प्रहरी बोहराविरुद्ध गत श्रावण ३० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । ती महिलाले दिएको जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले भीमदत्तका नगर प्रहरी इन्चार्ज बोहरालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उजुरीका आधारमा असइ बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरेको बताए । ‘उजुरीका आधारमा हामीले नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ उनले भने, ‘अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप भएको छ, उजुरीमाथि अनुसन्धान अघि बढेको छ ।’

केही समयअघि ती महिलाले विष सेवन गरी घाइते भएर धनगढीको एक अस्पतालमा उपचार गरेर फर्किएपछि नगर प्रहरी बोहराविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

समयसीमा अपडेट