back to top
आईतवार, २०८२ भाद्र १ गते

कञ्चनपुरमा भट्टको अगुवाईमा नेपाल स्वास्थ्यकर्मी संघ र्निविरोध चयन

कञ्चनपुरमा भट्टको अगुवाईमा नेपाल स्वास्थ्यकर्मी संघ र्निविरोध चयन

प्रकाशित:

महेन्द्रनगर– नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।

खुल्लातर्फ भुवन बिष्ट सहित अन्य बिभिन्न बिधाबाट पाँच जना गरी ६ जना उपाध्यक्ष निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा तर्क राज भट्ट र सचिवमा महानन्द जोशी निर्वाचित भएको निर्वाचन अधिकृत जनक बहादुर कुवँरले जानकारी दिए । उनका अनसार १२ जना जिल्लासमिति सदस्य र्निविरोध चयन भएका छन ।

जिल्ला अधिबेशनको प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरा थिए । बिशिष्ठ अतिथि नेपाली काँग्रेस जिल्ला उपसभापति मिनबहादुर सिंह रहेका थिए ।

भिमदत्त नगरपालिको सभाहलमा शनिबार सम्पन्न अधिबेशनमा नेपाली काँग्रेसका भातृ तथा स्वेच्छुक संस्थाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको थियो ।

र्निवाचित कार्यसमितिको नामावली


समयसीमा अपडेट