back to top
शनिबार, २०८२ श्रावण ३१ गते

अराजकता नछोडे कारवाही हुन्छ– रावल

अराजकता नछोडे कारवाही हुन्छ– रावल

प्रकाशित:

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावलले मुलुक र पार्टी भित्रको अराजकताको अन्त्य आवश्यक रहेको बताएका छन ।

नेकपा (एमाले) शुक्लाफाँटा नगर कमिटीको पूर्ण बैठकलाई शुक्रबार झलारीमा सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य रावलले भने, “या त अराजकता छोड्नुपर्छ, अन्यथा पार्टीले कारवाहीमा उत्रिनुपर्ने हुन्छ ।”

उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले निर्णय गरेर नै दुई पटक राष्ट्रपति बनाएको स्मरण गर्दै देशको सेवाको निमित्त उहाँलाई दोहो¥याएर राष्ट्रपति बनाएको र उपरान्त राजनीतिमा नआउन नै त्यहाँ पठाएको दाबी गर्नुभयो ।

“भण्डारीले के गर्ने भन्ने विषयमा पार्टी नेतृत्वसँग परामर्श गर्नुभएन । पार्टीको अध्यक्ष को हुने भन्ने सवाल नेतृत्वसँगको परामर्शमा हुने हो, व्यक्तिगत आकांक्षाले होइन्,” कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावलले भन्नुभयो, “अहिले उहाँको सदस्यता स्थगन गरिएको छ । जुन स्वभाविक हो ।”

पार्टीले भण्डारीलाई ससम्मान राष्ट्रपतिको गरिमामा नै बस्न र सम्मानित गर्दै “गणतन्त्र गौरब” को सम्मान प्रदान गरेको पार्टी पोलिटब्यूरो सदस्य रावलले बताए ।

नेकपा (एमाले) ले शुक्रबार एकै दिन तीन वटा नगर कमिटीको पूर्ण बैठक सम्पन्न गरेको छ । शुक्लाफाँटा नगर कमिटी, कृष्णपुर नगर कमिटी र भीमदत्त नगर कमिटीका पूर्ण बैठक सम्पन्न भएका हुन ।

समयसीमा अपडेट